site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजारमा दशैंको चहलपहल कम, व्यापारी भन्छन्– सरकार सहयोगी भएन

काठमाडौं । यो वर्षको दशैंमा विगतका वर्षहरुको भन्दा ५० प्रतिशत कम व्यापार भएको व्यापारीहरुले बताएका छन् । भन्सारबाट समयमै सामान नआउनु, मुग्लिनको बाटो बिग्रिनु, तराईमा बाढीपहिरो जानु र लामो समयसम्म चुनाव हुनुले व्यापार खुम्चिएको व्यापारीहरुको भनाइ छ । 

“समयमै भन्सारबाट सामान पास नहुँदा यो वर्ष व्यापारमा ठूलो घाटा लाग्यो । भनेजस्तो सामान आउन नसक्दा दार्जिलिङ लगायत देशकै विभिन्न ठाउँबाट होलसेलमा आउने व्यापारीहरु आउन सकेनन्,” व्यापार संघका अध्यक्ष युवराज न्यौपानेले भने, “भनेजस्तो सामान समयमै बजार आउन नसक्दा विगतका वर्षको तुलनामा ५० प्रतिशतसम्म व्यापार कम भएको छ ।”

नयाँ समान नपाउने र बाटो समेत बिग्रिएपछि काठमाडौंको होलसेलमा आउने व्यापारीहरुले यो पटक काठमाडौंको विकल्प खोजेको उनको भनाइ छ । यसको असर आउँदो समयमा पनि देखिने उनी बताउँछन् । “यो असर अब चुनाव नसकिँदासम्म पर्छ । मंसिरमा पनि चुनाव भएकाले त्यो समयसम्म व्यापारमा नकारात्मक असर देखिन्छ,” अध्यक्ष न्यौपाने भन्छन्, “चुनावसँगै सुरु हुने जाडोले पनि व्यापारमा नकारात्मक असर गर्छ ।” 

पोखरा, धनगढी, इटहरी, बिर्तामोड, नारायणगढ, बुटवल, नेपालगञ्ज लगायत ठूला सहरमा खुलेका होलसेल पसल समेत काठमाडौं आउने गरेका थिए । 

काठमाडौंमा दशैंको मुख्य बजार घटस्थापना पछि हुने गरेजस्तो देखिए पनि त्यसको होलसेल कारोबार भने घटस्थापनाको अघिल्लो दिनसम्म नै भइसक्छ । “दशैंको कारोबार घटस्थापनाको अघिल्लो दिनसम्म हुन्छ । त्यसपछि काठमाडौं लगायतका ठूला सहरमा देखिने त सामान्य व्यापार मात्रै हो,” उनले भने, “अहिले पनि महाबौद्धतिरका होलसेलमा गएर हेर्ने हो भने त्यहाँ सुनसान नै छ ।”

रिटेलमा पनि चहलपहल अनुसार व्यापार नभएको न्यौपानेले बताए । होलसेल पसलले अहिले बाटोमा समेत होलसेल लगाएको उनले जानकारी दिए । 

राज्यले व्यापारका लागि सहजिकरण गर्ने भन्दा पनि दुःख मात्रै दिने काम गरेको भन्दै अध्यक्ष न्यौपानेले भने, “सरकारले हामीलाई तर्साउने र तड्पाउने काम मात्रै गरिरहेको छ । दरबारमार्गमा छापा हान्यो, अरु ठूला ८–१० वटा होलसेलमा पनि छापा हान्यो । सरकार आउने हो कि भनेर डराई डराई व्यापार गर्नु परिरहेको छ ।”

व्यापारीहरु राज्यको दोहोरो मारमा परेको उनको गुनासो छ । भन्सारमा कर तिरेपछि फेरी व्यापारीले नगरपालिकालाई पनि कर तिर्नु परेको उनले गुनासो गरे । भन्सारमा एजेन्ट भन्दा पनि आफंै जान पाउनुपर्ने माग गर्दै अध्यक्ष न्यौपानेले सरकारले व्यवस्थित गर्न खोजे त्यसमा सहयोग गर्न आफूहरु तयार रहेको तर अनावश्यक दुःख भने नदिन आग्रह गरे । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ९, २०७४  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro