site stats
देश
अनावश्यक हर्न बजाउने ५२ चालक ट्राफिक प्रहरीको कारबाहीमा
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मंगलबार गरिएको चेकिङमा अनावश्यक हर्न बजाएर ध्वनी प्रदूषण गर्ने ५२ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

ट्राफिकले गरेको विशेष चेकिङका क्रममा अनावश्यक हर्न बजाएर ध्वनी प्रदूषण गर्ने ५२ जना चालकहरू आज कारबाहीमा परेका हुन् ।

Agani Group

०७४ वैशाख १ गते देखि नै उपत्यकामा हर्न निषेध गरिएता पनि पछिल्लो समय हर्नको दुरुपयोग बढेकाले कारबाहीलाई तीव्रता दिएको ट्राफिक प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

ध्वनि प्रदूषणका कारण श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्न गई हृदयघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा समेत कमी आउने, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई यसको असर बढी हुने भएकाले अत्यावश्यक अवस्थाबाहेक हर्न नबजाउन कार्यालयले अनुरोध गरेको छ ।

Global bank

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १६:४७
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय