site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रोनाल्डोको टिम अल नासर सुपर कपबाट बाहिरियो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको टिम अल नासर बिहीबार राति अल इत्तिहादसँग ३–१ ले पराजित हुँदै साउदी अरब सुपर कपको सेमिफाइनलबाट बाहिरिएको छ ।

घरेलु टोली अल इत्तिहादले १५औँ मिनेटमा रोमारिनोको गोलबाट अग्रता लिएको थियो । ४३औँ मिनेटमा अब्देराजक हमदुल्लाहले अग्रता दोब्बर बनाए । ६७औँ मिनेटमा एन्डरसन टालिस्काले गरेको गोलबाट अल नासरले पुनरागमनको प्रयास गरेको थियो । तर, इन्ज्युरी समयमा मुहन्नद शान्कीतीले गोल गरेपछि इत्तिहादले सहज जित दर्ता गर्‍यो ।

Prabhu Bank
Agni Group
NIC Asia

इंग्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडसँग सम्झैता भंग भएपछि रोनाल्डो साउदी क्लब अल नासरमा गएका थिए । उनले फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)विरुद्धको खेलबाट क्लबमा डेब्यु गरेका थिए । रोनाल्डोले आइतबार अल इत्तिफकविरुद्धको खेलबाट साउदी प्रिमियर लिगमा डेब्यु गरेका थिए ।

साउदी अरब प्रिमियर लिगमा अल नासर शीर्ष स्थानमा छ । दोस्रो स्थानमा अल हिलाल छ । अल हिलाल पनि गए राति अल फेइहासँग १–० ले पराजित हुँदै सुपर कपबाट बाहिरिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  ०९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC