site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अस्ट्रेलियन ओपन : उपाधिका लागि रिबाकिना र साबलेन्काले प्रतिस्पर्धा गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । विम्बल्डन च्याम्पियन एलेना रिबाकिना र पाँचौँ वरीयताप्राप्त आर्यना साबलेन्काले अस्ट्रेलियन ओपनमा महिला एकल स्पर्धामा उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । 

२३ वर्षीया रिबाकिनाले दुई पटकको विजेता भिक्टोरिया अजारेन्कालाई ७–६ (७/४), ६–३ को स्कोरमा पराजित गर्दै फाइनलमा स्थान बनाएकी हुन् । अजारेन्का १० वर्षपछि उपाधि जित्ने आशामा थिइन् । तर, रिबाकिनाले उनको आशालाई सफल हुन दिइनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

बेलारुसकी साबालेन्काले पोल्यान्डकी म्याग्डा लिनेटलाई हराउँदै पहिलोपटक फाइनलमा स्थान बनाएकी हुन् । २४ वर्षीया साबलेन्काले लिनेटलाई ७–६(७÷१), ६–२ को स्कोरमा हराएकी हुन् ।

जितपछि साबालेन्काले भनिन्, “मैले राम्रो सुरुवात गरेँ भन्न चाहन्नँ । तर टाइब्रेकमा मैले आफ्नो लय फेला पारेँ । आफूमाथि भरोसा राखेँ । आफ्नो लय समाउन थालेँ ।”

Global Ime bank

२२ औँ वरीयताप्राप्त रिबाकिनाले गत वर्ष अल इङ्ल्यान्ड क्लबमा आफ्नो जितपछि दोस्रो पटक ठूलो प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । 

“म फाइनलमा पुग्न पाउँदा धेरै खुसी छु । यहाँ फेरि एकपटक खेल्न पाउँदा धेरै खुसी छु,“ रिबाकिनाले भनिन्, “यो फरक अवस्था थियो । मैले आक्रामक टेनिस खेल्न सकिँन । तर म जित्न पाउँदा खुसी छु । मैले विम्बल्डनबाट धेरै अनुभव पाएँ । म कोर्टमा फाइनलका लागि आउन चाहन्छु । त्यो क्षणको आनन्द लिन चाहन्छु ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC