site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
दिनेशले जिते सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि
Sarbottam CementSarbottam Cement

काठमाडौं । सातौँ वरीयताका दिनेश प्रजापतिले बिहीबार सूर्य नेपाल गल्फ टुरको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि जित्न सफल भएका छन् ।

रोयल नेपाल गल्फ क्लबमा सम्पन्न ३६ होलको फाइनलमा १३ औँ वरीयताका रमेश अधिकारीलाई ७÷६ ले हराउँदै दिनेश उपाधि जित्न सफल भएका हुन् । उपाधिसँगै दिनेशले ६० हजार प्राप्त गरे । दोस्रो भएका रमेशले ४२ हजार हात पारे ।

सूर्य नेपाल गल्फ टुरमा पहिलो उपाधि जित्ने क्रममा दिनेशले पहिलो नौ होलको खेलमा चार होलको अग्रता बनाए । १८ होलको समाप्तीमा दिनेश आठ होलको फराकिलो अग्रता बनाउन सफल रहे । खेलमा फर्कने संकेत देखाएका रमेशले १९ औँ, २० औँ, २१ औँ र २२ औँ होल लगातार जित्दै दिनेशको अग्रतालाइ चार होलमा घटाए ।

Prabhu Bank
Agni Group
NIC Asia

दिनेशले २३ औँ होल जित्दा रमेशले २४ औँ र २५ औँ होल आफ्नो पक्षमा पार्दै दिनेशको अग्रतालाइ तीन होलमा झारे । तर, २६ औँ र २७ औँ होल आफ्नो पक्षमा पार्दै दिनेशले पाँच होलको अग्रता बनाए । यसपछि दिनेशले २९ औँ र ३० औँ होल जित्दै ६ होल बाँकी रहँदा सहज जितका साथ उपाधि आफ्नो नाममा लेखाए ।

प्रतियोगितामा आठौँ वरीयताका धनबहादुर थापा तेस्रो भए । १८ होलको प्रतिस्पर्धा बराबरीमा टुंगिएपछि धनले प्ले–अफको पहिलो होलमा दशौँ वरीयताका भुवन कुमार रोक्कालाई पराजित गरे । तेस्रो भएका धनले ३२ हजार र भुवनले २४ हजार प्राप्त गरे ।

Global Ime bank

क्वाटरफाइनलमा पराजित चार खेलाडीहरू, नेपाल नम्बर एक प्रो शुक्रबहादुर राई, दोस्रो वरीयताका भुवन नगरकोटी, तेस्रो वरीयताका जयराम श्रेष्ठ र पाँचौँ वरीयताका रवि खड्काले समान ११ हजार प्राप्त गरे ।

यसैगरी पहिलो चरणबाट बाहिरिएका टंकबहादुर कार्की, सञ्जोक मोक्तान, कृष्णमान राजबाहक, प्रदीपकुमार लामा, सञ्जय लामा, सूर्यप्रसाद शर्मा, बलभद्र राई र रामे मगरले समान ६ हजार प्राप्त गरे ।

गत सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले प्रतियोगितामा भाग लिने भए पनि चार खेलाडी देशबाहिर रहेकोले उत्कृष्ट २० सम्मका खेलाडीले भाग लिएका थिए । सूर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालले आयोजना गरेको प्रतियोगिताको कूल पुरस्कार दुई लाख ५० हजार रहेको थियो ।

विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान र ब्रान्ड म्यानेजर विदुर राज अधिकारीले पुरस्कार वितरण गरे । सूर्य नेपाल गल्फ टुरअन्तर्गत २०२२–२३ सिजनको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन पोखरास्थित हिमालयन गल्फ कोर्षमा फाल्गुन १० गतेदेखि आयोजना हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC