खेल
काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले ‘केपी ओपी कप’ खुला राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्मानमा प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ ।
प्रतियोगिताबारे जानकारी गराउन संघले पत्रकार सम्मेलनको आयोजना गर्न लागेको छ ।
भोलि (शुक्रबार) दिउँसो १ बजे त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चको हलमा प्रतियोगिताबारे जानकारी गराइने संघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९ १७:३४
प्रतिक्रिया दिनुहोस्