site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वाग्मतीमा मन्त्रिपरिषद्ले पायो पूर्णता, कसलाई कुन जिम्मेवारी ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । वाग्मती प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद् विस्तार गरेसँगै ११ सदस्य मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । 

उनले पहिले नै नियुक्त भएका मन्त्रीहरुको कार्यभार पनि तोकेका छन् । वाग्मतीमा नेकपा एमालेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री बनेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

नेकपा (माओवादी केन्द्र) का युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री र कुमारी मोक्तानले सामाजिक विकास मन्त्री, नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी पाएका छन् । 
त्यस्तै, राप्रपाका उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री, डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको सपथ लिएका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC