site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अस्ट्रेलियन ओपन : सित्सिपास र खाचानोभ सेमिफाइनलमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्व वरीयताको तेस्रो स्थानका स्टेफानोस सित्सिपास र करेन खाचानोभ मंगलबार वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् । 

अस्ट्रेलियाको रोड लभेर एरिनामा भएको खेलमा सित्सिपासले चेक गणतन्त्रका जिरी लेहेक्कालाई ३–० को सोझो सेटमा जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

ग्रिसका सित्सिपासले लेहेक्कालाई ६–३, ७–६ (७–२), ६–४ को स्कोरमा पराजित गरे । सित्सिपासले अब फाइनल प्रवेशका लागि रुसका खाचानोभविरुद्ध खेल्नेछन् ।

आजै भएको क्वार्टरफाइनलमा अमेरिकाका सेबास्टियन कोर्डाबाट 'वाकओभर' पाएपछि वरीयताको २० औँ स्थानका खाचानोभले सेमिफाइनलमा स्थान पक्का गरे । 

Global Ime bank

खेलको तेस्रो सेट चलिरहँदा चोटिल बनेपछि कोर्डाले खेल नखेल्ने निर्णय लिँदा खाचानोभ सेमिफाइनल प्रवेश गरे । 

त्यसअघि खाचानोभले पहिलो सेटमा ७–६ (७–५) र दोस्रो सेटमा ६–३ को स्कोरमा जित निकालेका थिए । तेस्रो सेटमा पनि कोर्डाबाट 'वाकओभर' पाउनुअघि खाचानोभले ३–० को अग्रता बनाएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  २१:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC