site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सूर्य नेपाल एनपीजीए म्याच प्लेमा क्वार्टरफाइनल समीकरण पूरा
Ghorahi CementGhorahi Cement

काठमाडौं । सूर्य नेपाल गल्फ टुरको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

मंगलबार नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्रबहादुर राई, साविक विजेता तथा दोस्रो वरीयताका भुवन नगरकोटी, रवि खड्का, रमेश अधिकारी, धनबहादुर थापा, जयराम श्रेष्ठ, भुवनकुमार रोक्का र दिनेश प्रजापतिले पहिलो चरणको खेल जित्दै क्वार्टरफाईनलमा स्थान बनाएका छन् ।

शुक्रले २० औँ वरीयताका टंकबहादुर कार्कीलाई सहजै ५÷४ ले हराए । शुक्रले अब क्वार्टरफाइनलमा दशौँ वरीयताका भुवनकुमार रोक्कासँग प्रतिस्पर्धा गर्नेछन् । भुवनले नवौँ वरीयताका रामे मगरलाई २÷१ ले हराएका थिए ।

Agni Group

दोस्रो वरीयताका भुवन नगरकोटीले १९ औँ वरीयताका सञ्जोक मोक्तानलाई २÷१ ले हराए । उनले अब आठौँ वरीयताका धनबहादुर थापासँग खेल्नेछन् । धनबहादुरले पहिलो चरणमा ११ औँ वरीयताका बलभद्र राईलाई ३÷२ ले पराजित गरे ।

तेस्रो वरीयताका जयराम श्रेष्ठले क्वार्टरफाइनलमा पुग्ने क्रममा १७ औँ वरीयताका कृष्णमान राजबाहकलाई अन्तिम होलमा (१–अप) पराजित गरे । उनले अब सातौँ वरीयताका दिनेश प्रजापतिसँग खेल्नेछन् । दिनेशले पनि अन्तिम होलमा १२ औं वरीयताका सूर्यप्रसाद शर्मालाई पराजित गरे । 

Global Ime bank

अर्को खेलमा पाँचौँ वरीयताका रवि खड्काले १५ औं वरीयताका प्रदीपकुमार लामालाई २÷१ ले हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरे । उनले अब १३ औँ वरीयताका रमेश अधिकारीसँग खेल्नेछन् । रमेशले पहिलो चरणमा अप्रत्याशित नतिजा निकाल्ने क्रममा छैटौँ वरीयताका सञ्जय लामालाई ३÷१ ले हराएका थिए ।

प्रतियोगितामा सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले प्रतिस्पर्धा गर्ने भए पनि चार खेलाडी देश बाहिर रहेकोले उत्कृष्ट २० सम्मका खेलाडीले मौका पाएका हुन् । पहिलो चरण, क्वार्टरफाइनल, सेमिफाइनल र तेस्रो स्थानका लागि हुने खेल १८ होलको खेलाइनेछ । 

फाइनल खेल ३६ होलमा प्रतिस्पर्धा हुनेछ । बुधवार क्वार्टरफाइनल र सेमिफाइनलका खेलहरु हुनेछन् । बिहीबार तेस्रो स्थान र फाइनल खेल खेलिनेछन् ।

विजेता खेलाडीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ४२ हजार पाउँनेछन् । तेस्रो र चौथो हुनेले क्रमशः ३२ हजार र २४ हजार प्राप्त गर्नेछन् । क्वार्टरफाइनलमा पराजित हुने चार खेलाडीले समान ११ हजार प्राप्त गर्नेछन् र पहिलो चरणबाट बाहिरिने आठ खेलाडीले समान ६ हजार प्राप्त गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC