site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यसपटक यसकारण फरक छ पेरिस ओलम्पिक, किन दिक्क छन् स्थानीय ?

पेरिस । अबको केही घण्टापछि फ्रान्सको पेरिसमा ओलम्पिकको उद्घाटन समारोह हुँदै छ । विभिन्न स्थानमा आयोजनास्थल बनाउनुको साटो यसपटक सहरको बीचमा नै प्रतियोगिता हुँदै छ ।

यस हिसाबले यो संस्करण केही फरक छ । पेरिस सहर अहिले आफैँ आयोजनास्थल भइरहेको छ । नयाँ संरचनामा खर्च नगरी मौजुदा ढाँचालाई अझ राम्रो बनाउन र सहरका प्रसिद्धस्थललाई अस्थायी स्थान बनाउने प्रयास गरिएको छ ।

आइफल टावर, जो इन्जिनियरिङको चमत्कार मानिन्छ, त्यसले विश्वभरका पर्यटकलाई लोभ्याउने गरेको छ । त्यसकै छेउमा 'बिचबल एक्सन' हुँदै छ । ओलम्पिकको उद्घाटन समारोह सिन नदीमा आयोजना गरिँदै छ । 

यसअघि, पेरिसले १०० वर्षअघि ओलम्पिकको आयोजना गरेको थियो । त्यतिबेला विश्वव्यापी खेल आयोजना गर्नुको उद्देश्य विशेषगरी शान्तिलाई बढावा दिने हुने गर्थ्यो ।

सन् १९२४ मा पेरिसमा ४४ देशका तीनहजार भन्दा बढी खेलाडी आएकामा अब ‘रोशनीको सहर’ र ‘फेसनको सहर’ पनि भनिने पेरिसले करिब ११ हजार खेलाडीलाई स्वागत गर्दै छ ।

पेरिसको सहरी नियोजनका एक अधिकारीले आफूहरूले ओलम्पिकलाई सहरमा परिवर्तन ल्याउन एक ठूलो मौकाको रूपमा लिएको जनाउँदै सार्वजनिक स्थान, सार्वजनिक परिवहन, नदीलगायतमा परिवर्तन गरिएको जनाएका छन् ।

"यदि खेल नभएको भए यसमा बदलाब ल्याउन एक वा दुई दशक अझै लाग्न सक्थ्यो," उनले भनेका छन् ।

स्थानीय  दिक्क !

नयाँ व्यवस्थाले स्थानीय भने दिक्क भएका छन् । ओलम्पिक आयोजनाका कारण स्थानीयलाई घुमफिर गर्न कठिनाइ भएको छ । उनीहरूलाई एक स्थानबाट अर्को स्थानमा जान कारण बताउनुपर्ने अवस्था आएको छ । सरकारी अधिकारीलाई सन्तुष्ट बनाउन सकेमात्र उनीहरूलाई यात्रा अनुमति मिल्छ ।

पेरिसका स्थानीय जोन भन्छन्, "न्यू पेरिसमा प्रवेश गर्न तपाईंलाई अब मजबुत कारण चाहिन्छ । तपाईंले अनुरोध गर्नुपर्नेछ र अनुमति मिलेमा तपाईंलाई एक क्यूआर कोड मिल्नेछ । जसबाट तपाईं सहरमा छिर्न सक्नुहुनेछ ।"

आयोजनास्थलको छेउमा बस्ने धेरैलाई सहर छोड्न भनिएको छ । ओलम्पिकस्थलका भवनहरूलाई आयोजकले प्रयोग गरिरहेको छ । अधिकतम सुरक्षाकर्मी त्यहाँ परिचालन गरिएको छ । उद्घाटन समारोहमा दुई लाख मानिसलाई निम्त्याइएको छ । केही निम्तो त्यहाँ चुनिएका बासिन्दा र खेल प्रशासकलाई पठाइएको छ ।

एक अनुमानका अनुसार खेलको समयमा करिब २० लाख उपकरण प्रयोग गरिनेछ । उपयोग गरिने कम्प्युटर र प्रिन्टर पनि भाडामा लिइएको छ ।

कम संशाधनको उपयोग गर्ने भनेर फर्निचरको संख्या सुरुमा आठ लाख अनुमान गरिएकामा घटाएर ६ लाख पुर्‍याइएको छ । इलेक्ट्रिक, हाइब्रिड र हाइड्रोजनबाट चल्ने बाहन उपयोग गरिने भएको छ । पछिल्लो संस्करणको तुलनामा यसको संख्या ४० प्रतिशत कम गरिएको छ । जेनेरेटर पनि हाइड्रोजन वा ब्याट्री सञ्चालित हुनेछन् ।

ओलम्पिकका लागि ३५ प्रतियोगितास्थलमा केवल दुइटालाई मात्रै नयाँ हिसाबले बनाइएको छ । त्यसमा एउटा एकेटिक्स सेन्टर । जसलाई काठको प्रयोग गरी बनाइएको छ । यसको उद्देश्य कार्बन उत्सर्जन कम होस् भन्ने हो । 

आयोजनास्थलका सिट रिसाइकिल्ड प्लास्टिकले बनाइएको छ । जसलाई रणनीतिक हिसाबले यस्तो ठाउँमा बनाइएको छ, जुन क्षेत्रमा खेलका ढाँचाको कमी थियो । दोस्रो नयाँ स्थल पोर्टे डे ला चैपल एरेना हो ।

लैंगिक समानता

यसपालि पहिलोपटक १० हजार ५०० खेलाडीमा आधा महिला हुनेछन् । जुन लैंगिक समानता सुनिश्चित गर्ने दिशामा ठूलो कदम मानिएको छ । टोक्योको पछिल्लो संस्करणमा महिला खेलाडीको संख्या कुल प्रतियोगीमा ४७.८ प्रतिशत थियो । 

१९७२ मा म्युनिखमा हुँदासम्म महिलाको सहभागिता २० प्रतिशतभन्दा पनि कम थियो । समापन समारोहमा पुरुषको साटो महिलाको म्याराथन हुनेछ । साथै यस संस्करणमा ३२ खेलमध्ये २८ खेलमा पुरुष र महिला दुवैले हिस्सा लिइरहेका छन् ।

बीबीसीबाट ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ११:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro