site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राम्रा काम गरेका कारण सरकारबाट बाहिरिनुपर्‍यो : प्रचण्ड
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकमा प्रचण्डले भ्रष्टाचार अन्त्यका साथै सुशासनका र अन्तर्राष्ट्रिय जगतमा माओवादी नेतृत्वको सरकारले गरेको राम्रा कामका कारण सरकारबाट बाहिरिनुपरेको बताए ।

सरकारबाट बाहिरिदै गर्दा जनतामा जाने ठूलो ऐतिहासिक अवसर प्राप्त भएको प्रचण्डले बताएको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनले अब जनताको सम्बन्ध थप स्थापित गर्नका लागि अभियान नै बनाएर जानुपर्नेमा समेत जोड दिएको सापकोटाले बताए । 

शुक्रबार पदाधिकारी बैठकमा ६ जना सदस्यले धारणा राखेका थिए । उनीहरूले संघर्षका रूपमा पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने धारणा राखेको प्रवक्ता सापकोटाले बताए । पदाधिकारी बैठकले पार्टीलाई रूपान्तरण गर्दै जनतामा जाने अभियानको मार्गचित्र बनाउने उनको भनाइ छ ।

शनिबार र आइतबार पदाधिकारी बैठक बस्ने र त्यसपछि स्थायी कमिटी हुँदै केन्द्रीय कमिटी बैठक बसेर आवश्यक निर्णय गर्ने प्रवक्ता सापकोटाले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro