site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालमा विमान दुर्घटनाबारे न्युयोर्क टाइम्सले कारण लेख्यो– एउटा टाउकोमा दुइटा ह्याट

काठमाडौं । नेपालमा पछिल्लो विमान दुर्घटनाका बारेमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा जारी छ । अमेरिकी चर्चित पत्रिका न्युयोर्क टाइम्सले निरन्तर रूपमा दुर्घटना हुनुमा बेवास्ता गरिएको एउटा कारण भएको औँल्याएको छ ।

उक्त पत्रिकाले ‘एउटा टाउकोमा दुइटा ह्याट’ लगाउँदा यसखालको दुर्घटना भइरहेको विज्ञलाई उद्धृत गर्दै जनाएको छ । अनुसन्धाताले धेरै दिशामा दुर्घटनाबारे चर्चा गर्ने गरेको जनाउँदै मौसम, जटिल भूभाग, ‘ओभर वर्कड’ पाइलट, पुराना विमान भन्ने गरिए पनि जरो कारणको सम्बोधन नगरिएको जनाइएको छ ।

त्यो कारण भनेको स्वार्थको द्वन्द्व भएको जनाउँदै जो आकर्षक हवाई सेवा प्रदान गरिरहेका छन्, तिनै व्यक्ति नियामक निकायमा हुनुले यस्तो घटना दोहोरिएको समाचारमा उल्लेख छ ।

समस्या आएमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नै त्यसको अनुसन्धान गर्ने जिम्मेवारी दिने गरिएको न्युयोर्क टाइम्सले जनाएको छ ।न्युयोर्क टाइम्सले प्राधिकरणका पूर्वअधिकारीलाई उद्धृत गर्दै यसले छानबिनमा बाधा गर्ने जनाएको छ । मानिसको जीवनमरणसँग गाँसिएको विषयमा आवश्यक सुधार गरिनुपर्नेमा समाचारमा जोड दिइएको छ ।

नागरिक उडड्यन प्राधिकरणका पूर्वप्रमुख सञ्जीव गौतमले उक्त पत्रिकासँग भनेका छन्, “प्राधिकरणले एउटा टाउकोमा दुइटा ह्याट लगाइरहेको छ, एउटा सेवाप्रदायक र अर्को निरीक्षकको । यदि, कुनै एयर ट्राफिक कन्ट्रोलरले गल्ती गरे के हुन्छ तपाईं भन्न सक्नुहुन्छ ? प्राधिकरणले सूचना लुकाउँछ कि लुकाउँदैन ?”

उक्त पत्रिकासँगको कुराकानीमा पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले कुनै प्रभाव नभएको स्वतन्त्र स्थायी प्रकृतिको अनुसन्धान निकाय हुनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro