site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
काभा वुमन्स भलिबल नेसन्स लिगको ट्रफी सार्वजनिक

काठमाडौं । नेपालले घरेलु मैदानमा आयोजना हुने काभा वुमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा श्रीलंकाबिरुद्ध चुनौती प्रस्तुत गर्ने भएको छ ।

नेपाल भलिबल संघले शुक्रबार पत्रकार सम्मेलन आयोजनामार्फत प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिँदै खेलतालिका पनि सार्वजनिक गरेको हो । साउन १७ गतेदेखि सुरु हुने काभा वुमन्स नेसन्स लिगमा नेपालसहित श्रीलंका, इरान, भारत र माल्दिभ्सले प्रतिस्पर्धा गर्दै छन् ।

Dabur Nepal
NIC Asia

नेपालले यो प्रतियोगिताका लागि रुससँग घरेलु मैदानमा नै दुई मैत्रीपूर्ण खेल पनि खेलेको थियो । यद्यपि, नेपालले कुनै सेट पनि जित्न सकेन । पत्रकार सम्मेलनमा संघले प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी दिएको छ ।

शुक्रबार नै काभा वुमन्स नेसन्स लिगको ट्रफी सार्वजनिक भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले ट्रफी सार्वजनिक गरेका हुन् । प्रतियोगिताका लागि संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द संयोजकत्वमा विभिन्न २१ वटा उपसमिति पनि गठन भएको छ । सात दिनसम्म चल्ने प्रतियोगितामा पहिलो दिन नेपाल र श्रीलकां तथा भारत र इरानबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले आफ्नो दोस्रो खेल साउन १८ गते बलियो प्रतिद्वन्द्वी भारतसँग, तेस्रो खेल साउन २० गते माल्दिभ्स र चौथो खेल साउन २१ गते इरानबिरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछन् । राउन्ड रोविन लिगपछि अंकतालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रोबीच साउन २२ गते सेमिफाइनल हुनेछन् । उपाधिका भिडन्त र तेस्रो स्थानको खेल साउन २३ गते हुनेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro