site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ड्रोन घटनापछि प्रिस्टमनलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौ । न्युजिल्यान्डको प्रशिक्षणका दौरान ड्रोन उडाएको विषयमा क्यानडाको ओलम्पिक महिला फुटबल टिमकी प्रशिक्षक बेभेर्ली प्रिस्टमनलाई जिम्मेवारीबाट हटाइएको छ । ड्रोन घटनापछि उनलाई क्यानडा फुटबल फेडेरेसनले निलम्बित समेत गरेको छ ।

क्यानडा फुटबलले  ‘विपक्षीको प्रशिक्षणका दौरान पछिल्लो २४ घण्टामा थप सूचना आएको’ भन्दै घटनाबारे कदम चाल्दै प्रशिक्षक प्रिस्टमनलाई निलम्बन गरेको जनाएको छ । इंग्ल्यान्डमा जन्मिएकी ३८ वर्षीय प्रिस्टमनले यसअघि ओलम्पिकको पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध खेल्नुअघि आफ्नो नाम फिर्ता लिएकी थिइन् । 

ड्रोन घटनाकै कारण क्यानडा फुटबलले सहायक प्रशिक्षक जास्मिन मान्डर र एनालिस्ट जोसेफ लोबार्डीलाई घर फिर्ता बोलाएको थियो ।

क्यानडा फुटबलले जारी गरेको विज्ञप्तिमा निष्पक्ष रुपमा छानबिन हुने समयसम्मका लागि प्रिस्टमनलाई निलम्बन गरिएको उल्लेख छ । उनको स्थानमा सहायक प्रशिक्षक एन्डी स्पेन्सले क्यानडाको प्रशिक्षण जिम्मेवारी सम्हाल्नेछिन् । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro