site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मैदानमा समर्थक पसेको घटनापछि सुरक्षा बढाउँदै ओलम्पिक आयोजक

काठमाडौं । अर्जेन्टिना र मोरोक्कोबीचको खेलमा समर्थक मैदानमा पसेर हुलदंगा गरेको घटनापछि पेरिस ओलम्पिक आयोजकले खेलका लागि सुरक्षा बढाउने भएको छ ।

आयोजकले अर्जेन्टिना र मोरोक्कोबीचको खेल दौरान मैदान पसेका समर्थकलाई सुरक्षा कर्मचारीले मैदानभरि नै पछ्याएको जनाउँदै त्यसले कुनै मुख्य सुरक्षा जोखिम नबनाएको र त्यसबाट पाठ सिकेको उल्लेख गरेको छ । 

ओलम्पिकका सुरक्षा निर्देशक ब्रुनो ले रेले सञ्चारकर्मीहरूलाई सेन्ट एटिनेमा प्रतियोगिताको आगामी खेलमा थप सुरक्षा अधिकारी र समर्थक छेक्ने बारलाई बढाउने बताए । 

सेन्ट एटिनेमा अन्य रंगशालाका तुलनामा मैदान प्रवेश गर्न सहज रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । ले रेका अनुसार प्रतियोगिताका दौरान १७ हजार सुरक्षा एजेन्टले ४० प्रतियोगिताको क्षेत्र र केही सुरक्षा एजेन्टले अन्य १०० प्रतियोगिता नहुने क्षेत्रमा सुरक्षा दिनेछन् । 

प्रतियोगिताको सुरक्षा नहुने क्षेत्रहरूमा ओलम्पिक भिलेज, प्रशिक्षण केन्द्र र होटेलहरू पर्छन् । यस्तै, बाक्लो खेल तालिका रहेको दिनमा सुरक्षा एजेन्टहरू २२ हजारको संख्यामा परिचालित हुनेछन् । 

ले रेले ओलम्पिक भेन्युभन्दा बाहिरको सुरक्षा प्रहरीले र भेन्युभित्रको सुरक्षा आयोजकले हेर्ने बताए ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro