site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं महानगरपालिकाले टुँडिखेलको खुलामञ्च खण्ड मासेर भूमिगत पार्किङ बनाउन गरेको विवादास्पद निर्णय कार्यान्वन भयो भने काठमाडौंका लागि आत्मघाती हुनेछ । जनस्तर र महानगरपालिकाकै सदस्यहरूबाट समेत व्यापक विरोध हुँदा पनि टुँडिखेल मास्ने निर्णय फिर्ता नलिने जिद्दी अनुचित देखिन्छ ।
 
काठमाडौंवासीका लागि टुँडिखेल खुला चौरकै रूपमा पनि महत्त्वपूर्ण र उपयोगी छ । त्यसमाथि टुँडिखेलसँग स्थानीय बासिन्दाको विभिन्न परम्परा जोडिएकाले यसप्रति छुट्टै अपनत्व पनि रहेको छ । अर्थात्, भौतिक र भावनात्मक दुवैरूपमा खुला टुँडिखेल काठमाडौंका बासिन्दाको आफ्नो सम्पदा हो ।
 
जनजीवनको अभिन्न अङ्गका रूपमा रहेको काठमाडौंको  टुँडिखेल अहिले नै  टुक्राटुक्रा पारिएको छ । त्यसलाई एकीकृत गरेर सग्लो टुँडिखेल बनाउने सपना देख्दैआएका काठमाडौंवासीका लागि आफ्नै जनप्रतिनिधिले समेत भूमिगत पार्किङका नाममा मास्ने षड्यन्त्र गरेको थाहापाउँदा असह्य चोट लागेको देखिन्छ ।
 
यसैले ‘अकुपाइ टुँडिखेल’लगायतका अभियान र सम्पदा संरक्षणमा लागेका अभियन्ताहरूले यो निर्णय सार्वजनिक भएकै घडीदेखि विरोध गरेका हुन् । काठमाडौंको भौतिक संरचना निर्माणको योजनामध्ये सायद सबैभन्दा धेरै विरोध यही टुँडिखेल मास्ने योजनाको भएको छ । 
 
यसैले महानगरपालिकाले पार्किङका लागि अरू नै विभिन्न विकल्प खोज्न ध्यान दिएर टुँडिखेल चिथोर्ने योजना बदर गर्नु बुद्धिमानी हुनेछ । काठमाडौंवासी विशेषगरी यहाँका पुराना बासिन्दाले सम्पदाका सम्बन्धमा अठोट गरेपछि कसैले त्यसलाई परास्त गरेको उदाहरण छैन । 
 
टुँडिखेलमा भूमिगत वा बहुतल्ले पार्किङ नहुँदा पनि काठमाडौंको जनजीवन रोकिँदैन । तर, टुँडिखेल मास्दा काठमाडौंको मौलिकतामै चोट पुग्छ । काठमाडौंको मौलिकता मासेर हुने विकास उन्नति नभएर आत्मघात हो । यसैले टुँडिखेलसँग खेलाँची नगरौँ ।   
 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC