site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मास्कले वायु प्रदूषणको असरबाट कति जोगाउँछ ?
Tiktok banner adTiktok banner ad

कामाठाडौं । काठमाडौं उपत्यका र चितवनको भरतपुरको वायु बिहीबार ‘अस्वस्थकर’ रह्यो । वातावरण विभागको बिहीबार साँझ ६ बजेको रेकर्डअनुसार पछिल्लो २४ घण्टामा काठमाडौंको रत्नपार्क, ललितपुरको खुमलटार, भक्तपुर र चितवनको भरतपुरको वायु अस्वस्थकर वर्गमा थियो ।

ती क्षेत्रमा वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १६० भन्दा माथि छ । विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई मात्रै स्वस्थकर मानेको छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो उति हानिकारक मानिन्छ ।

नेपालमा बर्सेनि ४२ हजार १०० नेपालीको वायु प्रदूषणसम्बन्धी रोगहरूबाट मृत्यु भइरहेको वातावरण विभागको तथ्यांक छ । श्वासप्रश्वाससम्बन्धी रोगको ६६ प्रतिशत, मुटुरोगको ३४, स्ट्रोकको ३७, फोक्सोसम्बन्धी ४७ र नजवात शिशुको मृत्युको २२ प्रतिशत कारण वायु प्रदूषण रहेको विभागको अध्ययनले देखाएको छ । 

वायु प्रदूषणका कारण आम नेपालीले ४.६ वर्ष र काठमाडौंवासीले ३.५ वर्ष आयु गुमाइरहेको 'एयर क्वालिटी लाइफ इन्डेक्स नेपाल फ्याक्टसिट, २०२३' मा उल्लेख छ ।

काठमाडौंको वायु प्रदूषण ३० प्रतिशतमात्रै घटाउन सके काठमाडौंवासीको आयु १.२ वर्षले बढ्ने पनि फ्याक्टसिटमा उल्लेख छ । 

घरबाहिर निस्कँदा मास्कको प्रयोग मात्रैले पनि पीएम २.५ को असरबाट धेरै हदसम्म बच्न सकिने अध्ययनहरूले देखााएका छन् । यूएसएड क्लिन एयरका, अनुसार सामान्य कपडाको मास्कले पीएम २.५ का कणहरूलाई शरीरमा प्रवेश गर्नबाट ६० प्रतिशतसम्म जोगाउँछ ।

यस्तै, सर्जिकल मास्कले ९० प्रतिशत र एन ९५ ले ९५ प्रतिशतसम्म सुरक्षा गर्ने क्लिन एयरले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ०८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro