site stats
बाह्रखरी :: Baahrakhari
आङछिरिङ शेर्पा
नेपथ्य लाइभ : कन्सर्ट हेर्न पुगे ओली, गगन थापा, झुमे दर्शक (१६ तस्बिर)

काठमाडौं । मध्य पुसको चिसो साँझमा सांगीतिक समूह नेपथ्यले भृकुटीमण्डप पुगेका संगीतप्रेमीलाई भरपूर मनोरञ्जन प्रदान गरेको छ । मानव सेवा आश्रमको सहयोगार्थ गरिएको कन्सर्टमा नेपथ्यले दर्शकलाई झुमाएको हो ।

शनिबार गायक अमृत गुरुङले आफ्नो ब्यान्डका लोकप्रिय गीत गाएर उपस्थित स्रोता–दर्शकलाई नचाए । गायक गुरुङले लगातार दुई घण्टा सांगीतिक प्रस्तुति दिएका थिए ।

कन्सर्टमा नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायत विशिष्ट व्यक्ति पनि उपस्थित थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गएको मंसिर १६ गतेदेखि विराटनगरबाट सुरु गरिएको सांगीतिक कार्यक्रम वीरगन्ज, हेटौँडा, नारायणघाट, नेपालगन्ज, धनगढी, सुर्खेत, बुटवल, पोखरा हुँदै शनिबार काठमाडौंको कन्सर्ट अन्तिम हो ।

मानव सेवा आश्रमले घरपरिवारबाट अपहेलित बनेका असहाय तथा बेसहारा मानिसलाई आश्रममा आश्रय दिइरहेको छ । मानव सेवा आश्रमले १९ जिल्लाका २३ आश्रमबाट मानव सेवाको कार्य गरिरहेको छ । नेपथ्यसँग सहकार्य गरेको सांगीतिक कार्यक्रमबाट संकलित रकमले आश्रमका भवन निर्माण र असहायहरूको स्वास्थ्योपचारका लागि आपत्कालीन कोष बनाइने आश्रमले जनाएको छ ।

थप तस्बिर हेर्नोस्–

321966650_1118249848865180_5892288223693317326_n1672498832.jpg

322626233_3309365019317320_2852242507424881195_n1672498827.jpg

322069660_699853728181345_2279479230217803658_n (1)1672499384.jpg

321809333_830277151397793_1805646062875799814_n1672498823.jpg

321859690_822249032202512_1564463563453907172_n1672498823.jpg

321947705_1234085200793036_3280002041803434941_n1672499702.jpg

323092833_685149256547254_3599693966174536931_n1672499727.jpg

322587834_1338211746931991_762099368831808159_n1672498814.jpg

322722303_1318366548949924_3967221123896342566_n1672498814.jpg

321637748_768777507954718_7957944020972889328_n1672498810.jpg

321653269_1000580264241925_5702269727765443450_n1672498809.jpg

322918781_689523512554276_1814084588045392861_n1672498805.jpg

321210580_1156189891687571_9201948276688470740_n1672498805.jpg

321617235_713779280335418_3899831039879218905_n1672498801.jpg

321759555_853672455963055_2905936483670583509_n1672498801.jpg

 

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  २०:४२
प्रतिक्रिया दिनुहोस्