बाह्रखरी फोटो
-1748601271.jpg)
काठमाडौं । राजावादी राजनीतिक दलहरूले व्यवस्थाविरोधी आन्दोलनलाई शुक्रबार (जेठ १६) पनि निरन्तरता दिएका छन् ।
काठमाडौंको माइतीघरमा उनीहरूले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति विरोध गरेका हुन् । आन्दोलन जेठ १५ गतेदेखि सुरु भएको हो ।
उनीहरूले राजतन्त्रको पुनर्स्थापना र हिन्दु राष्ट्र कायम हुनुपर्ने माग राखेर आन्दोलन गरिरहेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल लगायतका राजनीतिक दलहरू राजतन्त्र पुनर्स्थापनाको लागि आन्दोलनरत छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२ १६:२०
प्रतिक्रिया दिनुहोस्