बाह्रखरी फोटो
काठमाडौं । गुरुङ जातिको महान् चाड तमु ल्होसार आज मनाइएको छ । तमु ल्होसार पर्व गुरुङ जातिले नयाँ वर्ष सुरुआतको रूपमा मनाउने गर्दछन् । दाजुभाइ आफन्त, नाताकुटुम्ब भेला भएर सामूहिकरूपमा खाना खाने यो पर्वमा मौलिक सांस्कृतिक नाचगान गर्ने, मान्यजनबाट आशीर्वाद लिने, परम्परागत जातीय वेषभूषा लगाउने चलन छ ।
यो पर्वका बेला घाटु, सोरठी र चुड्का भनेर प्रचलित कौडा नाचेर आफन्त, परिवार र साथीभाइसँग रमाइलो गर्ने परम्परा छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९ १२:४५
प्रतिक्रिया दिनुहोस्