site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सांसदहरूले शपथ लिएकै मितिबाट तलब भत्तालगायत सुविधा र सांसदको प्रतीक चिह्न पाउँछन् । अर्थात्, शपथ ग्रहणपछि नवगठित प्रतिनिधि सभाका सदस्यहरूको कार्यकाल विधिवत् आरम्भ भएको छ । 

अपेक्षाकृत मतदान कम भए पनि जनताले नयाँ संसद्बाट देशले अग्रगति पाउने अपेक्षा राखेका छन् । अगिल्लो संसद्ले जनअपेक्षा पूरा गर्न नसकेकाले नयाँ संसद्प्रति पनि सन्देह पनि कायमै छ ।

नयाँ संसद्ले प्रधानमन्त्री चुन्नेछ भने राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पनि चयन गर्नेछ । यसैले सांसदहरूको भूमिका यसपटक निकै महत्त्वपूर्ण हुने निश्चित छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जननिर्वाचित संविधान सभाले पारित गरेको नेपालको संविधान, २०७२ पछि निर्मित निर्वाचित संसद् लगभग असफल भयो । धन्न, सर्वोच्च अदालतको  निर्णयका कारण यसले दुई दुईपटक भंग गरिँदा पनि कार्यकालसम्म पूरा गर्नसक्यो ।

प्रमुख विपक्षी दलले लगभग विनाकारण लामो समयसम्म संसद् चल्नै दिएन । कतिपय महत्त्वपूर्ण विधेयकहरू अनावश्यकरूपमा समितिको छलफल लम्याएर पारित हुन दिइएन । अर्थात्, अगिल्लो संसद् सन्तोषजनक हुन सकेन ।

Global Ime bank

यद्यपि, दुई ठूला कम्युनिस्ट पार्टीको गठबन्धन अगिल्लो प्रतिनिधि सभामा प्रचण्ड बहुमत पाएको थियो । प्रमुख विपक्षी नेपाली कांग्रेस पनि अपेक्षाकृत शान्तमात्र  होइन लगभग शिथिल देखिन्थ्यो । तैपनि विगत ५ वर्षमा सरकार र संसद्ले जनहितमा उल्लेख्य केही गर्न सकेन ।

अगिल्लो संसद्मा सांसदहरूको भूमिका निकै कमजोर र अनुत्तरदायी रह्यो । विशेषगरी कोभिड(१९ को महामारीमा देखिएको सरकारको अकर्मण्यताको मात्र होइन भ्रष्टाचारका विरुद्धसमेत सांसदले प्रभावकारी आवाज उपाएनन् ।

ठूला दलका नेताले सांसदहरूलाई भूमिकाहीन बनाए । अधिकांश निर्णय संसद्बाहिरै भए । सांसदहरू औपचारिकता पूरा गर्ने रबरछाप बनाइए । अब यस्तो नहोस् भन्ने अपेक्षा गरे पनि तिनै नेता र दलहरू निर्णायक भूमिकामा भएकाले आशा गर्ने ठाउँ खासै देखिँदैन ।

यसपटक संसद्को संरचनामा केही परिवर्तन भएको छ । केही नयाँ राजनीतिक दल र युवा सांसद् प्रतिनिधि सभामा प्रवेश गरेका छन् । मतदाताले निकै उत्साहका साथ तिनलाई निर्वाचित गराएकाले अपेक्षा पनि धेरै राखेको देखिन्छ ।

जनअपेक्षा पूरा गर्न नसके नयाँ पुराना सबै दलका सांसद्ले सजाय दिनेछन् । कतिपयको त राजनीतिक जीवन राम्ररी सुरु नहुँदै समाप्त हुनसक्छ । यसैले नवनिर्वाचित सांसदहरू असफल सिद्ध नेताको आदेशमा नतमस्तक हुनुभन्दा अन्तरात्मको आवाज सुन्ने तत्परता देखाऊन् ।

जनताका पक्षमा दृढतापूर्वक उभिन र राजनीतिमा व्याप्त विकृति विसङ्गति अन्त्य गर्न नवनिर्वाचित सांसद्हरूलाई प्रेरणा मिलोस् । कार्यकाल सफल होस् । शुभकामना !

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC