site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इटालीविरुद्ध बेल्जियम घरमै पराजित, बराबरीमा रोकियो फ्रान्स

काठमाडौं । यूईएफए नेसन्स लिगमा इटालीविरुद्ध बेल्जियम घरेलु मैदानमै १–० ले पराजित भएको छ ।

बिहीबार किंग बाउडोइन रंगशालमा स्यान्द्रो टोनालीले गरेको एक मात्र गोल पाहुना टिम इटालीलाई जित दिलाउन पर्याप्त बन्यो । उनले खेलको ११औँ मिनेटमा गोल गर्दै इटालीलाई अग्रतामा राखेका थिए ।

जितसँगै पाँच खेलबाट १३ अंक जोडेको इटाली लिग ‘ए’को समूह–२ मा शीर्ष स्थानमा छ । समान खेलबाट चार अंकको बेल्जियम तालिकाको तेस्रो स्थानमा छ । 

फ्रान्स ०–० इजरायल
यही समूहको अर्को खेलमा फ्रान्स इजरायलसँग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु मैदानमा फ्रान्सले अधिकांश समय बलमाथि नियन्त्रण बनाए पनि इजरायलको रक्षापंक्ति तोड्न सकेन ।

बराबरीसँगै एक अंक बाँडेको फ्रान्स तालिकाको दोस्रो स्थानमा छ । इजरायल पुछारमा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro