site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दार्चुला जीप दुर्घटना अपडेट : आठजनाको मृत्यु, पाँच घाइते
Tiktok banner adTiktok banner ad

खलंगा । दार्चुलामा जीप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । पाँचजना घाइते छन् ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–५, लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीया शान्ति रावल, शैल्यशिखर–९, नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलासैनी गाउँपालिका–५ का १५ वर्षीय सञ्जीव बोहरा, भारतको उत्तर प्रदेशस्थित विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर, सोही जिल्लाका १८ वर्षीय मोहमद बसिम, शैल्यशिखर–९, गोकुलेका ३५ वर्षीया मीना लेखक र डिलासैनी–५ का वीरेन्द्रसिंह बोहराको मृत्यु भएको दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

दुर्घटनामा भारतको विजनौरका सुहिल साह, बैतडीको डिलासैनी–५ का उत्तम रोकाया, दार्चुलाको शैल्यशिखर–५ का सन्दीप रावल, सोही स्थानका प्रकाश रावल र मालिकार्जुन गाउँपालिका–८ निवासी जीपचालक सुनिल जोशी घाइते भएका छन् ।

मालिकार्जुन जात्राबाट गोकुलेश्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप शुक्रबार (आज) बिहान करिब ४ बजे शैल्यशिखर–५, सिराडको खोलामा दुर्घटना भएको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro