बाह्रखरी फोटो
काठमाडौं । इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस नजिकिएसँगै काठमाडौंमा यसको रौनक छाएको छ ।
काठमाडौंका पसल, सपिङ मल, रेस्टुरेन्टलगायत स्थानमा क्रिसमसलाई लक्षित गरी सजावट गरिएको देखिन्छ । बेकरहरूले पनि सोहीलक्षित केक, बिस्कुटहरू बनाउन थालेका छन् ।
जिसस क्राइस्टको जन्मोत्सवका रूपमा इसाई धर्मावलम्बीहरूले हरेक वर्ष डिसेम्बर २५ का दिन क्रिसमस मनाउने गरेका छन् । यो दिन नेपालका रेस्टुरेन्ट तथा क्लबहरूमा समेत विभिन्न कार्यक्रम हुने गर्छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९ १०:३२
प्रतिक्रिया दिनुहोस्