site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेस बाच्ने सन्देश प्रवाह

नेपाली कांग्रेस संसदीय दलको नेता चयनको प्रक्रिया पूरा भएको छ । प्रतिस्पर्धात्मक मतदान प्रक्रियाले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा दलको नेता चयन भए । उनीसँग महामन्त्री गगन थापाले प्रतिस्पर्धा गरे । थापा पराजित भए । 

प्रतिस्पर्धा र मतान्तरको विषयबाहेक नेपाली कांग्रेस संसदीय दलको निर्वाचनबाट मुलुकी राजनीति र जनता समक्ष नयाँ सन्देश प्रवाह भएको छ । यस्तो सन्देश प्रवाहमा नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, गगन थापा, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, सांसद प्रदीप पौडेललगायत नेताहरुको भूमिका स्पष्ट देखिन्छ । 

उल्लिखित नामसँगै थापालाई मत दिने २५ जनामध्येका सांसद् ती को हुन्, जो हुन् ? तर ती सबै नयाँ सन्देश दिन लामबद्ध भएको त प्रत्यक्ष छ  । कांग्रेसको भावी जीवन र भरोसा यही समूहले दिएको सन्देशको सेरोफेरोमा नै अन्तर्निहित वा आश्रित हुनेछ ।    

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिस्पर्धी संस्थापन इतरले दिएको मत सन्देश पुस्तान्तरण, रुपान्तरण वा नेतृत्व परिवर्तन र संगठन परिमार्जन हो । यी हार्ने मुद्दा होइनन्, समयले गतिसँगै निरन्तर माग गर्ने सबाल हुन् । त्यसैले कांग्रेस संस्थापन इतरले उठाएको मुद्दा शाश्वत हुन् भन्ने ।

मतान्तर यसअघि धेरैले अनुमान गरेभन्दा भिन्न र बढी रह्यो । कांग्रेसको कुल ८९ सांसद संख्यामा नेता थापाले २५ मत पाउँदा सभापति देउवा ६४ मत ल्याएर विजयी भए । पहिचानको लागि संस्थापन र इतर भन्ने गरिएको मध्ये थापा संस्थापन इतर पक्षका उम्मेदवार बनेका हुन् । 

Global Ime bank

पराजयको सामना विजयको लागि लक्ष्य निर्धारणको बेला हो । परिणाम, प्राप्ति र फलको आशा त मानिसमा हुन्छ नै ।

महामना बीपीले मानवभाव (मानवत्व) र देवत्वबीचको फरक अवस्था व्यक्त गरेजस्तै (मोदिआइन) मान्छेको लागि शाश्वत मानवभाव नै हो । 

यहीँनिर गीतामा कृष्णलाई उद्धृत गर्दै– कर्माण्येवाधिकारस्ते मा फलेषु कदाचन’ भनेको सम्झना हुन्छ । अर्थात् ‘कर्म गर, फलको आशा नगर ।’ के मान्छेको लागि फल निरपेक्ष कर्म सहज सम्भव छ ? तर यो भनाइले कर्म गर भन्छ । कर्म रोक भन्दैन । कर्म गर्न निरन्तर प्रेरित भने गर्छ । 

यसै भनाइबाट पनि बुझ्न सकिन्छ – अन्ततः कर्मको फल त हुन्छ नै । त्यो गीतामा भनेजस्तै फल दिने प्राधिकार भगवान (कृष्ण) हुन् कि कर्म स्वयं ?  यो बग्लै कुरा भयो । कर्म गर्दा थाक्न भने भएन । 

कांग्रेस संस्थापन इतरको लागि यो प्रेरक प्रसंग हो । उसले यो जुन चुनौती उठाएको छ त्यसलाई नेपाली समक्ष साकार गर्न निरन्तर कर्मशील हुनैपर्छ । फल अवश्यंभावी हो । यस विषयमा समूहका नेता शेखर कोइरालालाई बढी नै जिम्मेवार र सक्रिय हुनुपर्ने बोध भएकै हुनुपर्छ । यसको अर्थ यस समूहका अरुलाई छुट छ भन्ने चाहिँ होइन । 

कांग्रेस संस्थापन इतर समूहका नेता शेखर कोइरालाले त्यागको संस्कार प्रदर्शित गर्नुभएको छ । निश्चय पनि सांसद् कोइरालालाई संसदीय दलको नेता हुने वा प्रतिस्पर्धा गर्ने चाहना थियो । आफूलाई निर्विकल्प घोषित नगरे पनि उहाँको चाहना व्यक्त भएको पनि हो । 

वरिष्ठ नेता कोइरालाले समूहका साथीहरुको भावनालाई उपेक्षा होइन, एकीकृत गर्ने प्रयत्नमा आफ्नो चाहना त्यागे ।

कांग्रेसको भविष्य हेरे । परिणाम युवा र उत्साही महामन्त्री थापा इतर समूहबाट सर्वसम्मत उम्मेदवार बनाइए । त्याग र युवालाई साथ दिने लोकतान्त्रिक अभ्यासमार्फत नेपाली कांग्रेसको भावी रेखा कोर्न नेता कोइरालाको योगदान स्मरणीय हुनेछ ।

प्रतिनिधि सभाको निर्वाचनपछि सम्बद्ध अधिकांश दलमा संसदीय दलको नेता चयन भएका छन् । यी सबै दलमा नेता चयन घोषणामार्फत सर्वसम्मत भनिएको छ । नेपाली कांग्रेस नै यस्तो एकमात्र दल बन्यो जसले आन्तरिक लोकतन्त्रको स्पर्धा वा अभ्यासमार्फत नेता चयन गर्यो । सभापति देउवा र महामन्त्री थापाले हाँसीहाँसी स्पर्धात्मक उम्मेदवारी सँगसँगै दिए ।  

परिणाम पूर्वानुमानित भए पनि प्रतिपस्र्धाको अभ्यास गर्न यही इतर समूहले संस्थापनलाई बाध्य पार्यो । दलको नेता चयनमा मत परिणामको निश्चित संख्या सभापति देउवासँग छ भन्ने जानकारी प्रत्यक्ष र समानुपातिक टिकट वितरणदेखि नै स्पष्ट भएको हो । सामान्यजनले समेत थाहा पाएको यो कुरा कोइराला, गुरुङ, थापा, शर्मा र पौडेललगायत नेतालाई थाहा थिएन भन्ने होइन । सबै स्पष्ट थिए । संस्थापनमा त सभापति देउवालाई नै निर्विकल्प घोषणा गरिएको हो । 

प्रतिनिधि सभा र प्रदेशको चुनावले दिएको सन्देशलाई सम्बोधन गर्नकै लागि कांग्रेस संस्थापन इतर समूह रुपान्तरण, पुस्तान्तरण र संगठन परिमार्जनको खाका तय गर्न प्रतिस्पर्धामा उत्रिएको देखियो । आफ्नै समूहका ३१ देखि ३३ सम्म सांसद् रहेको विश्वास मतदानमा भने भत्किएको छ । 

समूहका उम्मेदवार थापाले २५ मत पाउँदा बाँकी मत सभापतिको पक्षमा गएको स्पष्ट नै भयो । समूह छोड्न ती मत कसरी आर्कषित वा पलायन भए ? यो समूहभित्रै खोजीको विषय होला । चमत्कारको झिनो आशा बोकेको इतर समूहले अनुमानित मतसमेत नपाउँदा झड्का महसुस गरेको हुनसक्छ । र पनि २५ मत चाहिं निर्णायक बन्नसक्छ ।

कांग्रेस संगठन एकैचोटि जन्मिएको र बनेको होइन । राष्ट्रिय कांग्रेसबाट सुरु नेपाली कांग्रेस विचार, सिद्धान्त र कार्यक्रमले बने, बनाएको संगठन हो । बीपीले परिकल्पना गरेकोे कांग्रेस सानै समूहबाट क्रमशः विशाल भएको हो । डा. शेखर समूहले इतिहासको यो पाटोलाई ध्यान दिएर नै अघि बढ्ने सन्देश दिएको छ । 

नेपाली कांग्रेसमा परिवर्तनको आवश्यकता बताउनेहरु यतिबेला संस्थापन अर्थात् यथास्थितिको पक्षपोषक देखिए ।

नेता शेखर कोइरालाले भने परिवर्तन, रुपान्तरण र पुस्तान्तरणको माग सम्बोधन गर्ने चुनौती सामना गर्न आफूलाई उभ्याएको अर्को सन्देशसमेत दिए ।   

सामान्यजनमा नेता शेखरप्रति सहानुभूति उर्लिएको सुनिदैछ । समूह जोगाउन उहाँले गरेको त्याग र युवा ऊर्जालाई समेट्न गरेको प्रयत्नप्रति सहानुभूति र सराहना गरिएको हो । समूह त्याग्नेहरुलाई ठाडै लोभी, लालची र अडानका हरुवा संज्ञा दिइँदैछ । नागरिकको दृष्टिमा को हार्यो, को जित्यो ? 

कतिपयले पुस्तान्तरण आग्रहलाई दुत्कारेको सुनिन्छ । उमेरको अन्तरमा मात्रै पुस्तान्तरण (शब्द) लाई बुझ्ने गल्ती गर्नुहुँदैन । पुस्तान्तरण क्षमताको संक्रमण पनि हो । सोच्दै, बुझ्दै गर्दा–बा पुस्ता र म वा हामीबीच, म र भाइ छोरा वा दिदीबहिनी पुस्ताबीच समय, स्रोत, साधन र प्रविधिले घोप्ट्याएको असीमित क्षमता र सम्भावनाको मर्म बोध भएको छ । 

उमेर मात्रै पुस्तान्तरण होइन । यसैले पुस्तान्तरण साप्रा र पाखुरामा नाप्ने धृष्टता सुन्दा समयले पाठ नसिकाएको मान्छे भन्ने लाग्छ । सायद् यस्तैलाई भन्ने गरिएको पुख्र्यौली कथन हो–‘पढ्नु गुन्नु ?’ पढ्नु त बुझियो, गुन्नु के नि ? गुन्नु पढाइको मर्म बोध, सिकाइ हो र त्यसको पालना । इतर समूहले प्रतिस्पर्धामार्फत यही सन्देश दिएको हो – पुस्तान्तरण । 

सभापति देउवा दलको नेता निर्वाचित हुनुभएको छ । सडक, गल्लीमा उहाँसँग नयाँ र उत्कृष्ट परिणामको भरोसा कसैले राखेको सुनिदैन । भन्छन्– ‘पाँचपटक प्रधानमन्त्री भइसकेका उनको विगत नै निराशा लाग्दो र नराम्रो छ ।’ तुच्छ शब्द, जसलाई गाली भनिन्छ, त्यस्तो शब्द पनि थप्छन् । आसेपासे परजीवीको कुरा बेग्लै होला । 

संसदीय दलमा निर्वाचित नेता सभापति देउवा पुनः प्रधानमन्त्री हुने सम्भावना छ । सम्भावना साकार होस् । उनलाई सत्कार्यको लागि हार्दिक बधाई, शुभकामना र सफलता मिलोस् । कांग्रेस र देशकै पनि सुखद भविष्य भने पुस्तान्तरण र रुपान्तरणमै छ । प्रतिस्पर्धी इतर समूहले दिएको जीवन सन्देश यही हो । इतर समूहलाई पनि बधाई छ कांग्रेस बाँच्ने, बचाउने उद्देश्यमा सफलता मिलोस् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  ०९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC