site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

अधिकांश पार्टीमा अध्यक्ष नै नेता चुनिएको घोषणा भए पनि प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा भने संसदीय दलको नेतामा निर्वाचन नै हुनेभएको छ । यसबाट देशको लोकतान्त्रिक आन्दोलनलाई थप सुदृढ बनाउन सहयोग पुग्ने देखिन्छ ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले कांग्रेस संसदीय दलको नेताका लागि उमेदवारी दर्ता गरेका छन् । बहालवाला प्रधानमन्त्री तथा पार्टी सभापति पनि भएकाले देउवा अपेक्षाकृत सुविधाजनक अवस्था भए पनि महामन्त्री थापाको उमेदवारीप्रति धेरैको ध्यान केन्द्रित भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पार्टीका सर्वेसर्वा सभापतिका पक्षमा बहुमत हुनु खासै आश्चर्य वा गौरवको विषय होइन । तर, नेपाली कांग्रेसका सबैजसो चर्चित युवा नेताहरू महामन्त्री थापाका पक्षमा उभिएका छन् । यसबाट नेपाली कांग्रेसको राजनीति वाञ्छित मार्गमा अग्रसर हुने सम्भावना प्रकट भएको छ ।

संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने महामन्त्री थापाको निर्णयले कांग्रेसमा आन्तरिक लोकतन्त्रको अभ्यास कमजोर नरहेको पुष्टि भएको छ । सम्भवतः राजनीतिप्रति बढ्दो वितृष्णा कम गर्न पनि यसले उल्लेख्य योगदान गर्नेछ ।

Global Ime bank

सबै प्रमुख दलमा उनै अनुहार तीन दशकभन्दा बढी नेतृत्वमा देखेपछि परिवर्तनको चाहना राख्नेहरूले यस निर्वाचनमा नयाँ दलहरूलाई उल्लेख्य मत दिएको देखियो । पुराना पार्टीहरूले समयसँगै नेतृत्व परिवर्तन गर्न नसकेपछि विमुख भएका युवा मतदातामा पनि गगन थापाको उमेदवारीले सकारात्मक सन्देश दिनेछ ।

प्रतिनिधि सभामा कांग्रेसका सांसदहरूका सामु यथास्थिति र परिवर्तनमध्ये एउटा रोज्ने चुनौती उत्पन्न भएको छ । सांसदहरूले एक कार्यकालका लागि लोभ र लाभको पक्षमा मत नदिएर परिवर्तनका पक्षमा ऐतिहासिक निर्णय गर्ने अपेक्षा सामाजिक सञ्जालमा व्याप्त छ । अहिले सामाजिक सञ्जाल ‘पर्खालमा लेखिएको अक्षर’ कै अर्को रूप हो । 

महामन्त्री थापाको उमेदवारीबाटै उत्साहित जनमत उनले निर्वाचन जिते भने पक्कै पनि निकै आशान्वित हुनेछ । समाजमा भविष्यप्रति आशाको सञ्चार हुनसक्यो भने त्यसको दूरगामी सकारात्मक प्रभाव पर्छ । यसैले नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा विजयी सदस्यहरूले देश र दलका पक्षमा विवेकको प्रयोग गर्ने अपेक्षा गर्नु अन्यथा मानिनेछैन ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  ०६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC