site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

स्थानीय तहलाई अध्यक्षात्मक शैलीमा चलाउन खोज्दा प्रमुख र कार्यपालिकाका सदस्यबीच उत्पन्न असमझदारीका कारण अहिले कतिपय पालिकाका कामकाज ठप्प भएका छन् । यसले पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिलाई तालिम र अभिमुखीकरण आवश्यक रहेको देखाएको छ ।  

कतिपय स्थानीय तहमा पालिका र वडाका प्रमुखहरूको एकलौटी हैकम चलाउने रहरका कारण असार मसान्तमा पारित हुनुपर्ने योजना तथा बजेट अहिलेसम्म अलपत्र परेको छ । यस्तै अधिकांश पालिकामा लोकतान्त्रिक अभ्यास नअपनाइएका कारण विवाद चर्केको देखिन्छ । 
 
धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठकमा प्रमुख र कार्यपालिकाका सदस्यहरूबीच उत्पन्न विवाद चर्किँदै गएपछि बैठक बस्नै सकेको छैन । काठमाडौं महानगरपालिकामा त्यस्तै प्रकृतिको विवाद त सार्वजनिक भएको छैन तर प्रमुखको कार्यशैलीप्रति असन्तुष्टि मुखरित हुन थालेको छ ।
 
हुनत, नेपालका स्थानीय तहको परिकल्पना गर्दा गठन र सञ्चालन विधिमा सैद्धान्तिक असङ्गति भएकाले यस्ता समस्या उत्पन्न भएका हुन् । प्रमुख र अध्यक्षहरूको प्रत्यक्ष निर्वाचन हुने भएकाले तिनले आफ्नो पदलाई अध्यक्षात्मक ठानेको देखियो ।
 
नेपालको संविधान, २०७२ को धारा  २२१ ले पालिकाको व्यवस्थापिकाका रूपमा गाउँ सभा र नगर सभाको व्यवस्था गरेको छ । यसैगरी धारा ११४ मा कार्यकारिणी अधिकार गाउँ वा नगर कार्यपालिकामा निहित रहने उल्लेख गरिएको छ ।
 
यसले पालिकाहरूको सञ्चालन संसदीय प्रणालीअनुसार हुनुपर्ने निर्देश त गरेको छ । परन्तु, संघ र प्रदेशको भन्दा स्थानीय कार्यपालिकाको गठन विधि अलग छ । अर्थात्, प्रधानमन्त्री वा मुख्यमन्त्रीले जसरी स्थानीय पालिका प्रमुखले आफ्नो समूह छान्न पाउँदैनन् । 
 
अर्कातिर, स्थानीय पालिकाका प्रमुखरअध्यक्षलाई सम्बन्धित सभाको बहुमतले हटाउने व्यवस्था पनि छैन । यसले गर्दा अध्यक्षहरूले हैकम चलाउन चाहे वा सदस्यहरूले असहयोग गर्न खोजे भने स्थानीय तहका कार्यपालिकाहरूको कामकाजै रोकिन्छ ।
 
यसैले पालिकाका प्रमुखरअध्यक्षहरूले बढी संयम र लोकतान्त्रिक संस्कार अपनाउनु आवश्यक छ । साथै, वडा अध्यक्षहरूले पनि पालिकाको सञ्चालनमा अनावश्यक बखेडा झिक्नु हुँदैन ।  साथै, व्यवस्थापिकीय अधिकार गाउँरनगर सभामा निहित भएको हेक्का पनि राख्नुपर्छ । 
 
स्थानीय पालिकाका प्रमुखरअध्यक्षलाई कुनै अवशिष्ट वा विशेष अधिकार संविधानले  दिएको छैन र कानुनबाट त्यसरी अधिकार लिने वा दिने प्रयत्न गर्नु पनि असंवैधानिक हुन्छ ।  यसैले आफूलाई विशेष अधिकार भएको भ्रममा प्रमुखरअध्यक्षहरू नपरुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २, २०७९  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC