site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

प्रतिनिधि सभा निर्वाचन (२०७९) को परिणाम विधिवत् सार्वजनिक भएको छ । निर्वाचन आयोगले बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभामा प्रत्यक्ष मतदानबाट निर्वाचित १६५ र  समानुपातिकबाट छानिएका ११० गरी कुल २७५ सदस्यको नामावली पेस भयो । 


यसैगरी यही पुस २ गते प्रदेश सभाहरूमा निर्वाचित सदस्यको नामावली सम्बन्धित प्रदेश प्रमुखहरू समक्ष पेस गरिने कार्यक्रम रहेको छ । त्यसपछि सातै प्रदेश र संघमा नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेछ ।


निर्वाचनमा कुनै पनि दलले कतै पनि स्पष्ट बहुमत ल्याउन सकेको छैन । यसैले सरकार गठनका लागि दलहरुबीच तालमेल र समीकरणका प्रयासहरू हुनु स्वाभाविकै हो । यद्यपि, यस्तो तालमेल स्वच्छ र पारदर्शी हुनुपर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia


संसदीय प्रणालीमा चुनावपछि पनि गठबन्धन बन्न र भत्कन उति कठिन हुँदैन । तर, सत्ताका लोभमा वा नेताका स्वार्थमा जनादेशको उपहास गर्नेगरी गठबन्धन बनाउने र भत्काउने गरिँदा अहिले जनसाधारणमासमेत राजनीतिप्रति वितृष्णा देखिएको छ ।


चुनावपछि प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसकै नेतृत्वमा सरकार गठन गरिनु जनादेशअनुरूप हुने देखिन्छ । तर, बहुमत सांसदको समर्थन जुटाउन सके संविधानतः अरू दलले पनि सरकार गठन गर्न सक्छन् ।

Global Ime bank


राष्ट्रपतिले आह्वान गरेकै अवधिमा सरकार गठनका लागि बहुमतको समर्थनसहित दाबी गर्न सक्नेगरी दलहरूले तयारी गरून् । कारण, सङ्क्रमणको अवधि अनावश्यकरूपमा लम्मियो भने अस्वस्थ चलखेल पनि बढी हुनसक्छ ।


यसै त ‘षड्यन्त्रको सिद्धान्त’मा सजिलै विश्वास गर्ने नेपाली समाजमा कूटनयिकहरूको सगबगाहटले हस्तक्षेपको सन्देह र सम्भावना बढेको हल्ला चल्न थालिसकेको छ । यहीबीच कूटनयिकहरूको अस्वाभाविक सक्रियता झन् बढ्न सक्छ ।


सांसद् किनबेच र अनुचित उपायद्वारा समर्थन जुटाउन खोजियो भने राजनीति र प्रकारान्तरले लोकतन्त्रप्रति नै जनसाधारणको विश्वास टुट्नेछ । अहिले सरकार बनाउँदा पारदर्शी र स्वचछ आचरण अपनाए व्यवस्था र सरकारप्रति जनविश्वास बढ्नेछ ।


यसैले अहिलेको सत्तारुढ गठबन्धन कायम रहने वा भत्कने जे भए पनि कारणहरू स्पष्ट र पारदर्शी होऊन् । सत्ताका लागि पर्दापछाडि कालो खोपीमा कुनै गोप्य सम्झौता र फोहोरी खेल नहोस् । राजनीतिक नेतृत्वबाट नेपाली जनताले अहिले लोकतान्त्रिक आचरण र संसदीय मर्यादाको पालना हुने अपेक्षा राखेका छन् ।     
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC