site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धनुषाको नगराइनमा प्रमुख र उपप्रमुखको विवादले भद्रगोल : ३०० कर्मचारी धर्नामा, विद्यार्थी सडकमा
Siddhartha BankSiddhartha Bank

जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकामा प्रमुख र उपप्रमुखको विवाद बढ्दै गएको छ । दुवै पक्ष आफ्नो अडानबाट पछि नहटेपछि विवाद बढ्दै गएको हो ।  नगर प्रमुख विन्य कुमार यादव र उपप्रमुख राधा देवी यादवको विवादका कारण पालिकाको नगर परिषद् हुन सकेको छैन । 

जनप्रतिनिधिको विवादमा स्थानीय, विद्यार्थी र कर्मचारी पिल्सिएका छन् । बुधबार पनि विद्यार्थीहरूले जटही–जनकपुरधाम सडकखण्ड जाम गरेर प्रर्दशन गरेका छन् ।

करिब तीन सय कर्मचारीले नगरपालिकाको अगाडि धर्ना गर्दै आएका छन् । विद्यार्थीहरूले जनप्रतिनिधिको स्वार्थका कारण आफूहरूको भविष्य अन्धकारतर्फ जान लागेको बताएका छन् । उनीहरूले जनप्रतिनिधिको राजीनामा नै मागेका छन् । 

Agni Group
NIC Asia

यस्तै, पालिकाको सार्वजनिक संस्थामा कार्यरत कर्मचारी तथा शिक्षकहरूले जनप्रतिनिधिकै कारण ६ महिनादेखिको तलब नपाएको बताएका छन् । जनप्रतिनिधिको कारण आफूहरूलाई घर खर्च ऋण लिएर चलाउनुपरेको कर्मचारीहरूको भनाइ छ ।

कर्मचारीहरूले चाडपर्व भत्तासमेत पाएका छैनन् । पालिकामा ९ वटा प्रवि, चारवटा आधारभूत र तीन माविस्तरका सामुदायिक विद्यालय छन् । यी सबै विद्यालय गरी २२५ जना शिक्षक कार्यरत छन् । ४५ जना स्वास्थ्य र ३५ जना नगरपालिकामा कर्मचारी छन् । उनीहरू सबै जना १३ दिनदेखि धर्नामा छन् । तर समस्या समाधान भएको छैन । 

Global Ime bank

के हो विवाद ? 
पालिकामा विगतको बहुमत जनप्रतिनिधिले उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि बनाए । त्यसको एक वर्ष पछि पुनः त्यही कार्यविधि संशोधन गरे । कार्यविधिको दफा ४ को ‘ग’मा वडा स्तरीय योजनाबाहेक अन्य योजना सञ्चालनका लागि उपभोक्ता समिति गठन गर्दा नगर प्रमुखले तोकेको कार्यपालिका सदस्य वा कार्यालयको प्रतिनिधिको रोहबरमा हुनुपर्ने व्यवस्था छ ।

यही कार्यविधि संशोधन गर्नुपर्ने एमालेबाट निर्वाचित जनप्रतिनिधिको माग छ । एमालेबाट निर्वाचित जनप्रतिनिधि विगतमा पनि आन्दोलन गरेका थिए । कार्यविधि खारेजीको माग गर्दै उच्च अदालत जनकपुरधाममा रिट पनि दिएका थिए । तर अदालतले उक्त कार्यविधि सदर गरिदिएको थियो । 

अहिले पालिकामा ५० जना कार्यपालिका सदस्य छन् । उपप्रमुखसहित २७ जना एमाले पार्टीबाट निर्वाचित छन् । २२ जना नेपाली कांग्रेस र एक जना लोसपाबाट निर्वाचित छन् । एमालेका सबै सदस्य कार्यविधि संशोधन नगरे नगर परिषद् हुन नदिने अडानमा छन् ।

कांग्रेसबाट जनप्रतिनिधिहरू पनि विगतमा बहुमतबाट बनेको ऐन आफूहरू परिर्वतन नगर्ने अडानमा छन् । यीसँगै विशेष अनुगमन समिति, मल खाद्यको डिलर्ससिप दिने सबन्धमा, नगरपालिकाको प्रवक्ता तोक्ने सम्बन्धमा र विगतदेखि हालसम्मको आयव्यय सार्वजनिक गर्नुपर्ने पनि एमालेका जनप्रतिनिधिहरूको माग छ ।  

नगर प्रमुख यादवले एमालेबाट निर्वाचित जनप्रतिनिधिसँग एक वर्ष पालिका चलाउन दिन आग्रह गरेका छन् । कार्यविधिमा जे उल्लेख भएपनि कसैलाई पनि गुनासो गर्ने ठाउँ नदिने उनको भनाइ छ ।

"परिषद् हुन दिनुस्, कर्मचारीलाई तलब खुवाऔँ । त्यसपछि बहुमतले कार्यविधि संशोधन गरौँ," उनले भने, "कानुनमा जे भएपनि सबै पक्षलाई मिलाएर काम गरिनन् भने तपाईंहरू पुनः आन्दोलन गर्नुहोला ।"

पटकपटक बैठक राख्दा पनि उनीहरू अनुपस्थित भएको उनले बताए । गत भदौ ४ र १४ गते पनि नगर परिषद्को बैठक राख्दा उनीहरू अनुपस्थित भएको उनले बताए  । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  ०६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu