site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

मेलम्ची खानेपानी आयोजना नेपालको सरकारी व्यवस्थापनको ऐना हुन पुगेको छ । न समयमा सम्पन्न भयो न अनुमानित लागतले पुग्यो । हुँदाहुँदा जसोतसो काठमाडौं ल्याइएको पानी पनि समेलिएन । 

काठमाडौं उपत्यकाका केही धारामा मेलम्चीको पानी झर्न त तीन वर्ष पहिले नै थालेको हो ।  अहिलेसम्म धारामा पानी पठाउनै थुप्रैपटक समारोह आयोजना गरियो । यद्यपि, अझै धेरै वर्ष आयोजनाबाट स्थायीरूपमा पानी आउने सम्भावना देखिँदैन । 

हिउँदका केही महिना आउने पानी पनि सडकमा धेरै बग्छ तर धारामा बिरलै पुग्छ । यतिका वर्ष काठमाडौंका गल्लीगल्ली खनेर क्षतविक्षत बनाउँदा पनि मेलम्चीको पानी धान्नेगरी पाइप राखिएको रहेनछ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, धारामा पानी कुन बेला आउने हो भन्ने आधिकारिक जानकारी सार्वजनिकरूपमा दिइएको छैन । पानी दिइँदा पनि आधारातमा पानी तान्न र भर्न टोलटोलमा खलबल हुन्छ । रातभर नसुतेर खानेपानीको जोहो गर्नुपर्ने महानगर सायद अन्त कतै नहोलान् । 

एकाएक सडकमा पानी बग्ने र जम्ने गर्न थालेपछि नगरवासीले काठमाडौंका विभिन्न ठाउँमा मेलम्चीको पानी छाडिएको थाहा पाए । पानी आएकोमा खुसी हुँदा नहुँदै सडकमा बगेको पानीका कारण नगरवासीले पानीको पीडा पनि भोग्नु पर्‍यो ।

Global Ime bank

मेलम्ची खानेपानी आयोजना र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका पदाधिकारी जिम्मेवार भएका भए यस्तो कन्तबिजोग पक्कै हुने थिएन । त्यसमाथि केयूकेएलमा त कर्मचारीको हडतालदेखि कार्यकारी अधिकृतको आंशिक निलम्वनले कामकाज ठप्पजस्तो भएको छ ।

मेलम्ची आयोजना र केयूकेएलका पदाधिकारी एकअर्कालाई दोष दिन व्यस्त छन् । मेलम्चीको पानी त कात्तिकमै आउने हल्ला सरकारी अधिकारीले चलाएका थिए । त्यहीअनुरूप तयारी र परीक्षण गरिएको भए अहिलेको अवस्था पक्कै हुने थिएन ।

मेलम्चीको पानी वितरणका लागि गर्नुपर्ने तयारी नगरेकोमा केयूकेएलको गैरजिम्मेवार व्यवस्थालाई कारबाही गरिनुपर्छ । आफूले गर्नुपर्ने काम नगर्ने कर्मचारीले सजाय नपाउने भएर नै अहिलेसम्म यस्तो अव्यवस्था र अराजकता  कायम रहेको हो ।  

मन्त्रालयको आवश्यकता हुने नै यस्तै अव्यवस्थाको व्यवस्थापन गर्न हो । मन्त्री त चुनाव हारेर चिन्तामा होलान् तर मन्त्रालयमा सचिवलगायत कर्मचारी त पक्कै छन् । सडकमा पानीको भेल बग्ने तर नगरवासीले पानी खान नपाउने अवस्थाका लागि त मन्त्रालयका उच्च कर्मचारी पनि उत्तिकै दोषी देखिन्छन् ।

यसैले कम्तीमा सडकमा पानी बग्न नदिन र धारामा पानी दिँदा उपयुक्त समय एवं परिमाण मिलाउन सम्बन्धित सबै सजग होउन् । कर्मचारीलाई जिम्मेवाररूपमा काम गर्न दबाब दिन त महानगरपालिका तथा प्रदेश र संघमा निर्वाचित प्रतिनिधि पनि अग्रसर भए हुन्थ्यो । 

नगरवासीले कष्ट त सार्वजनिक यातायात, स्वास्थ्य सेवा र रोजगारीको अभावबाट भोगेकै छन् । खानेपानीका लागि सधैँ काकाकुल हुनुपर्ने पापै त नगरवासीले गरेका छैनन् होला नि !
  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  ११:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC