site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

प्रतिनिधि सभामा बहुमत जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले फौजदारी मुद्दा फिर्ता लिने र दोषीलाई उन्मुक्ति दिने अध्यादेश जारी गराउन लागेको समाचार सार्वजनिक भएको छ । समाचार सही हो भने यो सत्तारुढ गठबन्धन र विशेषगरी प्रधानमन्त्री देउवाका लागि नै प्रत्युत्पादक हुनेछ । 

पहिलो त संसद्को निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ । यस्तो अवस्थामा कामचलाउ सरकारले अध्यादेश जारी गराउनु संविधानको अक्षर र भावना दुवैको विपरीत हुन्छ । दोस्रो, सरकार बनाउन पुग्ने बहुमत जुटाउन अध्यादेश जारी गराउनु अख्तियारको पनि दुरुपयोग हो ।

त्यसो त, सर्वोच्च अदालतले २०७२ सालमै ‘राजनीतिक आधारमा’ मुद्दा फिर्ता लिने निर्णय ‘स्वेच्छाचारी र भेदभावपूर्ण’ हुने नजिर पनि प्रतिपादन गरिसकेको छ । यसैले अहिले दल विशेषको समर्थन जुटाउन अध्यादेश जारी गराउनु गैरकानुनी र आपत्तिजनक हुने देखिन्छ ।

KFC Island Ad
NIC Asia

त्यसमाथि संविधानतः सरकारले पठाएको अध्यादेश राष्ट्रपतिले जारी गर्नै पर्ने भए पनि नागरिकतासम्बन्धी विधेयकमा जस्तै राष्ट्रपतिले अड्डी लिनसक्ने सम्भावना अस्वीकार गर्न सकिँदैन । त्यस अवस्थामा गठन नहुँदै सरकार प्रतिरक्षात्मक स्थितिमा पुग्नेछ । 

सरकार गठन गर्दा कसैलाई समर्थन गर्ने वा नगर्ने निर्णय सम्बन्धित दलले नै गर्ने हो । तर, समर्थन गर्नैका लागि प्रचलित कानुन, विधि र प्रक्रिया तथा प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुने माग राख्नु पनि अराजनीतिक र अलोकतान्त्रिक चरित्र हो ।

Royal Enfield Island Ad

गठन गर्नैका लागि विधिको शासन र प्रतिपादित नजिर उल्लङ्घन गर्ने सरकारले देशमा सुशासन कायम गर्ला भन्ने त कल्पना पनि गर्न सकिँदैन । यसैले यो राजनीतिक दलहरूले चुनावमा गरेका सुशासनको वाचाविपरीत जनतालाई दिएइको धोका पनि हो ।

गलत तरिका अपनाएर गठन गरिने सरकारको नैतिक आधार नै कमजोर हुन्छ । न त्यस्तो सरकार स्थिर हुन्छ न सुदृढ नै हुन्छ । तुष्टीकरणको उपाय अपनाएर पनि सरकार टिकाउन नसकेको कटु अनुभव त प्रधानमन्त्री देउवालाई नै सबैभन्दा  बढी छ ।

यसपटक पनि संविधान र विधिको शासनको मर्ममा प्रहार गरेको कलङ्क बोकाएपछि समर्थन फिर्ता लिइँदैन भन्ने ‘ग्यारेन्टी’ कसैले गर्न सक्तैन । यसैले अर्को सरकार नबन्दासम्म अध्यादेश जारी गराउनु प्रधानमन्त्री देउवाका लागि कलङ्को टीका लगाउनुमात्र हुनसक्छ । 

राजनीतिक आधारमा फौजदारी मुद्दा फिर्ता लिने निर्णय त यसै पनि सर्वोच्च अदालतको नजिरअनुसार बदरभागी हुनेछ । यसैले पनि अहिलेको कामचलाउ सरकारले अध्यादेश जारी गराउनेजस्तो कुनै काम नगरोस् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  ११:३२
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro