site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गोविन्द गिरी प्रेरणाको ‘सुश्री पारिजात’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । फाइनप्रिन्टद्वारा प्रकाशित गोविन्द गिरी प्रेरणा लिखित ‘सुश्री पारिजात’ एक समारोहकाबीच सार्वजनिक गरिएकाे छ ।

बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा साहित्यकार भुवन ढुङ्गाना, श्रीओम श्रेष्ठ रोदन र कृतिकार प्रेरणाले कृति सार्वजनिक गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रमकी वक्ता भुवन ढुङ्गानाले साहित्यकार पारिजातसँग आफ्नो परिचय २०२६ सालमा भएको उल्लेख गर्दै 'पारिजातले सङ्घर्षपूर्ण जीवन जिउँदै हामीजस्ता धेरै साहित्यकारलाई प्रेरणा दिएको' बताइन् । 

ढुङ्गानाले भनिन्, "पारिजातले मलाई सधैँ ‘लेख्न नछोड्नु है बहिनी’ भन्नुहुन्थ्यो । यो मेरा लागि मूलमन्त्र थियो । पारिजातलाई चिन्न खोज्ने, बुझ्न खोज्ने र पढ्न खोज्नेले प्रेरणाजीको यो पुस्तक पढ्नै पर्छ ।"

Global Ime bank

उनले पारिजातको जीवनमाथि अरू पनि कृति लेखिएको तर यो पुस्तक पृथक रहेको पनि बताइन् ।

अर्का वक्ता श्रीओम श्रेष्ठ रोदनले कृतिकार प्रेरणाको परिचय दिँदै बितेको २० वर्षदेखि उनले यस पुस्तकमा काम गर्दै आएको बताए । उनले प्रेरणाले कथा, कविता, निबन्ध, नियात्रा सबै विधामा कलम चलाएको बताउँदै यस पुस्तकको प्रकाशनसँगै उनी जीवनीकार पनि भएको उल्लेख गरे ।

सार्वजनिक पुस्तक ‘सुश्री पारिजात’का लेखक गोविन्द गिरी प्रेरणाले आफूले शंकर लामिछाने, भूपि शेरचन र पारिजातको जीवनी लेख्ने निर्णय गर्दै सर्वप्रथम पारिजातमाथि अनुसन्धान गर्दै काम सुरु गरेको बताए ।

२० वर्ष लगाएर लेखेको यस पुस्तकलाई अब पाठकको जिम्मामा सुम्पिएको उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  २०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC