site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
डिपाए र ब्लाइन्डको गोलमा नेदरल्यान्ड्सलाई अग्रता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मेम्फिस डिपाए र ड्यानी ब्लाइन्डको गोलमा नेदरल्यान्ड्सले कतार विश्वकपको अन्तिम–१६ मा अमेरिकाविरुद्ध पहिलो हाफमा २–० को अग्रता लिएको छ ।

नेदरल्यान्ड्सले मेम्फिस डिपाएको गोलबाट दशौँ मिनेटमा अग्रता लिएको थियो । बार्सिलोनाका फरवार्ड डिपाएले डेन्जेल डमफ्रिजको क्रसलाई पोस्टको दिशा दिएका हुन् । ब्लाइन्डले इन्ज्युरी समयमा नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए । ब्लाइन्डको गोलमा पनि डमफ्रिजले क्रस गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकाले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि सफल हुन सकेन । सुरुमै अमेरिकाका क्रिस्टियन पुलिसिकले हानेको प्रहार नेदरल्यान्ड्सका गोलकिपर आन्द्रेस नोपर्टले बचाएका थिए । ४३औँ मिनेटमा टिमोथी वेहले हानेको प्रहारलाई पनि नोपर्टले बचाएका थिए ।

नेदरल्यान्ड्स विश्वकपको पछिल्ला १९ खेलमा युरोपबाहिरका टिमसँग हारेको छैन । सन् १९९४ को क्वार्टरफाइनलमा ब्राजिलसँग पराजित भएपछि नेदरल्यान्ड्स युरोपबाहिरको टिमसँग हारेको छैन ।

Global Ime bank

नेदरल्यान्ड्स समूह ‘ए’को विजेता टिम हो । समूह चरणमा नेदरल्यान्ड्सले सेनेगललाई २–० ले पराजित गरेको थियो । इक्वेडरसँग १–१ को बराबरी खेलेको थियो । अन्तिम खेलमा आयोजक कतारमाथि २–० को विजय हासिल गरेको थियो ।

अमेरिका समूह ‘बी’को उपविजेता टिम हो । अमेरिकाले समूह चरणमा वेल्ससँग १–१ र इंग्ल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो । अन्तिम खेलमा इरानलाई १–० ले हराएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  २१:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC