site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
घानाविरुद्ध उरुग्वे २–० ले अगाडि, पोर्चुगल र दक्षिण कोरिया बराबरीमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । जित्नैपर्ने समूह चरणको अन्तिम खेलमा उरुग्वेले घानाविरुद्ध पहिलो हाफमा २–० को अग्रता बनाएको छ ।

एकै समयमा अर्कोतर्फ भइरहेको खेलमा पोर्चुगल र दक्षिण कोरिया पहिलो हाफमा १–१ को बराबरीमा रोकिएका छन् ।

अल जनौब रंगशालामा जारी खेलमा घानाविरुद्ध उरुग्वेले २–० को अग्रता बनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको जर्जियन डे आरस्केइटाले २६ औँ मिनेटमा गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । यस्तै, ३२ औँ मिनेटमा आरस्केइटाले नै गोल गर्दै उरुग्वेको अग्रता दोब्बर पारे । 

Fi-1y9eX0AEusCo1669997232.jpeg

Global Ime bank

त्यसअघि २१ औँ मिनेटमा आन्द्रे एयुले पेनाल्टीमा गोल गर्न चुक्दा घानाले अग्रताको अवसर चुकाएको थियो ।

उरुग्वेका रक्षक सर्जिओ रोचेटले पेनाल्टी क्षेत्रभित्र मोहम्मद कुदुसलाई लडाएपछि घानाले पेनाल्टी पाएको थियो । जसलाई एयुले गोल गर्न सकेनन् ।

यता, कतारको एजुकेसन सिटी रंगशालामा जारी खेलको पाँचौ मिनेटमा रिकार्डो होर्टाले गरेको गोलबाट पोर्चुगलले अग्रता बनाएको थियो । तर, किम योङ गोनले २७ औँ मिनेटमा गोल गर्दै दक्षिण कोरियालाई बराबरीमा फर्काएका थिए ।

अन्तिम १६ मा प्रवेश गर्नका लागि आज घाना, उरुग्वे र दक्षिण कोरिया जितको दबाबमा छन् । यता, पोर्चुगल भने अन्तिम खेलअगावै प्रिक्वार्टरफाइनलमा स्थान पक्का गरिसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  २१:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC