site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
गत वर्ष थपियो पौने तीन खर्ब सरकारी ऋण, साँवा–ब्याज मात्रै एक खर्ब २१ अर्ब भुक्तानी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको सार्वजनिक ऋण बढ्दै गएसँगै त्यसका लागि हरेक वर्ष तिर्नुपर्ने साँवा र ब्याजको दायित्व पनि थपिँदै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा मात्र नेपालले कुल रु एक खर्ब २१ अर्ब ऋण तिरेको छ ।

महालेखा नियन्त्रक कार्यालयले गत आव २०७८/७९ को विनियोजन, राजस्व, धरौटी, कार्यसञ्चालन कोष तथा अन्य सरकारी कोषको आन्तरिक लेखापरीक्षण गरी तयार पारिएको आन्तरिक लेखा परीक्षणको एकीकृत वार्षिक प्रतिवेदन अघिल्लो हप्ता अर्थ मन्त्रालयलाई बुझाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त प्रतिवेदनअनुसार गत आवमा नेपालले आन्तरिक ऋणको साँवा रु ४७ अर्ब ३३ करोड ७८ लाख र ब्याज रु ३७ अर्ब ५८ करोड ६८ लाख गरी कुल रु ८४ अर्ब ९२ करोड ४६ लाख भुक्तानी गरेको छ । बाह्य ऋणको साँवा रु २९ अर्ब ४१ करोड ५८ लाख साँवा र ब्याज सात अर्ब ४४ करोड २० लाख गरी कूल रु ३६ अर्ब ८५ करोड ७८ लाख भुक्तानी भएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आव २०७८/७९ सम्ममा नेपाले तिर्न बाँकी कूल ऋण रु २० खर्ब ११ अर्ब ९५ करोड ४१ लाख बराबर रहेको छ । अघिल्लो आव २०७७/७८ मा यस्तो ऋण रु १७ खर्ब ३७ अर्ब ६३ करोड ६८ लाख बराबर रहेको थियो । 

Global Ime bank

गत आवमा मात्र नेपालको सार्वजनिक ऋण रु दुई खर्ब ७४ अर्ब ३१ करोड ७३ लाख थपिएको छ । अहिले नेपालले तिर्न बाँकी ऋणमध्ये रु नौ खर्ब ८६ अर्ब १० करोड ७० लाख आन्तरिक ऋण र रु १० खर्ब २५ अर्ब ८४ करोड ६१ लाख बराबर बाह्य ऋण रहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  ०५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC