site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
जगदम्बा इन्टप्राइजेजलाई ४८ मेगावाट विजुली, विद्युत् प्राधिकरणको सबैभन्दा ठूलो ग्राहक
Sarbottam CementSarbottam Cement

काठमाडौं । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेज ४८ मेगावाटसम्म विद्युत् लिन नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिएको छ । फलाम र स्टील उत्पादन गर्दै आएको उद्योगले क्षमता विस्तारका लागि प्राधिकरणबाट थप ४४ मेगावाट विद्युत् लिन लागेको हो । उद्योगले अहिले करिब चार मेगावाट विद्युत् लिइरहेको छ ।

प्राधिकरणले परवानीपुर १३२ केभी सबस्टेसनबाट ६६ केभी प्रसारणलाइनमार्फत उद्योगलाई थप विद्युत् उपलब्ध गराउनेछ । थप विद्युत् आपूर्तिका लागि बिहीबार उद्योग परिसरमा राखिएको ६६/११ केभी, ५० एमभीए क्षमताको ट्रान्सफर्मर परीक्षण गरी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उद्योगले आफ्नै खर्चमा उद्योग परिसरमा ६६ केभीको स्वीचयार्ड बनाएको छ । प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा बिहीबार स्वीचयार्डको परीक्षण तथा सञ्चालन गरिएको हो ।

योसँगै जगदम्बा इन्टरप्राइजेज विद्युत् आपूर्ति लिने सबैभन्दा ठूलो ग्राहक बनेको प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले बताए । “उद्योगले अहिले ४.८ एमभीएको लोड लिइरहेको थियो । थप ४४ एमभीए लोड दिनका लागि लाइन तथा ट्रान्सफर्मर परीक्षण सम्पन्न गरी क्रमशः स्वीकृति लोडबमोजिम थप विद्युत् दिन सुरु गरिएको छ,” उनले भने, “स्वीकृति लोडअनुसार विद्युत् लिएमा उद्योगले मासिक रूपमा २० करोड रुपैयाँभन्दा बढी महसुल तिर्नेछ ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC