राजनीति
सुनसरी । सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का भीम आचार्यले अग्रता कायम राखेका छन् । आचार्यले १२ हजार ५७५ मतसहित अग्रता लिइरहेका छन् ।
४२ हजार ४७४ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापा दोस्रोमा ओर्लिएका छन् । यसअघि अगाडि रहेका थापा दोस्रोमा झर्दै ११ हजार ३१५ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका सीताराम मेहताले १० हजार ९६ मतसहित तेस्रो स्थानमा छन् ।
राप्रपाका दिनेशकुमार बस्नेतले दुईहजार ४३१ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २१:३३
प्रतिक्रिया दिनुहोस्