site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
उरुग्वेलाई ‘जायन्ट किलर’ दक्षिण कोरियाको डर
Sarbottam CementSarbottam Cement

काठमाडौं । चार वर्षअघि रुसमा साविक विजेता जर्मनीलाई २–० ले स्तब्ध बनाएपछि ‘जायन्ट किलर’को छवि बनाएको दक्षिण कोरियाले आज (बिहीबार) दुईपटकको विश्व विजेता उरुग्वेविरुद्ध खेल्दै छ । कतारको एजुकेसन सिटी रंगशालामा यो खेल नेपाली समयानुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।

विश्वकपमा ‘ग्रुप अफ डेथ’का रूपमा परिचित यो समूह ‘एच’ मा उरुग्वेलाई दक्षिण कोरिया डर छ । समूहमा चार महादेशका चार चर्चित राष्ट्रहरू रहेकाले शीर्ष दुईमा रहन दुवै टिमलाई आज जितको दबाब छ । यो समूहमा उरुग्वे र दक्षिण कोरियासँगै घाना र पोर्चुगल पनि छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

दक्षिण कोरियाविरुद्ध मैदानमा उत्रँदा उरुग्वेको फरवार्ड लाइनमा एन्डिन्सन काभानी र लुइस स्वारेजस्ता विश्व फुटबलमा आफ्नो बेग्लै पहिचान बनाइसकेका स्टारसँगै युवा प्रतिभा डार्विन नुनेज रहनेछन् । विश्वकपका लागि घोषित उरुग्वेको २६ सदस्यीय टिममा युरोपमा व्यावसायिक फुटबल खेल्ने १२ खेलाडी समेटिएका थिए । स्वारेज, रक्षक जस लुइस रोड्रिगेज र गोलकिपर सर्जियो रोचेट मात्र उरुग्वेको घरेलु लिग खेल्ने खेलाडी हुन् ।

adfg1669274313.jpg

Global Ime bank

यसको तुलना दक्षिण कोरियासँग गर्ने हो भने १३ खेलाडी घरेलु लिगका क्लबबाट खेल्छन् । सन ह्युङ मिन दक्षिण कोरियाका अनुभवी र टिमलाई चाहिएको बेला उत्कृष्ट प्रदर्शन गर्न सक्ने महत्त्वपूर्ण खेलाडी हुन् ।

जारी विश्वकपमा दुई एसियाली राष्ट्र साउदी अरेबिया र जापानले विश्व फुटबलका ‘जायन्ट’ अर्जेन्टिना र जर्मनीलाई पराजित गरिसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC