site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
पहिले म मतदाता खोज्थेँ, अहिले उहाँहरूले मलाई खोजिरहनु भएको छ : सोविता गौतम 

कानुन विषयको अध्ययन र वकालत गरेकी सोबिता गौतम काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा उमेदवार छिन् । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी उमेदवार बनेकी हुन् । अहिले घरदैलो कार्यक्रममा गौतम व्यस्त छिन् ।
 
उमेर र सोच दुवैले युवा गौतम सुरुआतमा आफूले मतदाता खोजे पनि अहिले आफूलाई मतादाताले खोजिरहेको बताउँछिन् । प्रस्तुत छ, बाह्रखरीले गौतमसँग गरेको संवादको सम्पादित अंश:-

उमेदवारी सार्वजनिक गरेको दिन र आजमा के फरक भेट्नु भएको छ  ?

उमेदवारी दिएको दिनबाट नै चुनावी दौडधुप सुरु भएको भए पनि मतदाताहरुलाई चुनाव लागि सकेको थिएन । अहिले आइपुग्दासम्म मतदाताहरुमा चुनावको उत्सुकता जागको छ । सुरुआती दिनमा मतदाताहरुलाई म खोज्दै हिँडेको थिएँ । अहिले मतदाताहरु आफैँ खोज्दै आउँदै हुनुहुन्छ । 

Dabur Nepal
NIC Asia

मतदाताबाट धेरै जिज्ञासा सुन्नुभयो कि आशा देख्नुभयो ?

विकास निर्माणका कुराहरु पूरा गरिदियोस् भन्ने मतदाताहरुको आशा छ । मतदाताहरुकोमा भेटघाट हुँदा पानीको समस्या, सडकको समस्याहरु नै उठाउनु हुन्छ । जितेर गएपछि यी समस्याहरु सुल्झाइ दिनुपर्छ भन्ने उहाँहरुको आशा छ । 

तर, प्रतिनिधिसभाको सदस्य भएर मेरो हुने जिम्मेवारी, अधिकारहरुका विषयमा उहाँहरुलाई बुझाउँदै मत मागिरहेको छु । यी समस्याहरु पनि नीतिगत तहबाट हुँदै समाधन हुने हो । ती कुराहरु बुझाइरहेको छु । 

मतदातालाई संसद्मा पुगेपछिको आफ्नो भूमिका बुझाउन सक्नुभयो त ?

आजका दिनसम्म नेताहरुले पूर्वाधार विकासकै वाचा गरेर जानु भएको छ । त्यो विषय मतदातामा थुप्रै वर्षदेखि दिमागमा बसिसकेको छ । तर, हामीले पनि त्यस्तै झुटा आशा दिएर जाँदा हामीमाथि मतदाताले विश्वास गर्नु हुँदैन । अहिले हामीले मतदाताको जिज्ञासा मेटाउँदै उहाँहरुको आशाहरु पूरा गर्दै छौँ ।
  
उमेदवारी दिनका लागि प्रेरणाको रुपमा कसलाई लिनु हुन्छ ? 

मैले आफैलाई आफ्नो प्रेरणाको स्रोत मानेको छु । मैले बाल्यकालदेखि भोगेका समस्या, विभेदहरुले नै आज राजनीतिप्रति चासो बढेको हो । समाजमा रहेका विसंगतिहरुसँग आफैँ लड्दालड्दै यी विसंगतिहरुको हल खोज्ने क्रममा मैले मेरो उमेदवारी दिएकी हुँ । समाजलाई विभेदरहित बनाउनका लागि मेरो उमेदवारी हो ।

मतदाताहरुले कस्तो प्रतिक्रिया दिएका छन् ?

मतदाताहरु हामीप्रति निकै सकरात्मक देखिनुहुन्छ । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई देशभरका जनताले रुचाउनु भएको छ । यसकारण पनि थुप्रै मतदाताहरुले मलाई भोट दिने वाचा गर्नुभएको छ । यद्यपि, मैले रविजीको छविका आधारमा मात्रै भोट मागिरहेको छैन । 

आफूलाई चिनाउँदै छु मतदाताहरुको माझ । म कानुन विषय पढेर आएको छु, अधिवक्ताको रुपमा काम गरिसकेको छु । सदनमा गएर कस्ता कानुन आवश्यक छन् भन्ने बुझेको छु । यी सबै कुराहरु लगेर मत मागिरहेको छु । मतदाताहरुले पनि यी सबैलाई हेरेर मत दिनु हुनेछ ।

Sobita Gautam (7)1668610991.JPG

तपाईँ संसद्मा पुग्नुभयो भने तपाईँको प्राथमिकतामा के हुनेछ ? 

नीतिगत भ्रष्टाचारका कुराहरु मैले अहिले बढी जोड दिइरहेकी छु । संसद्मा बन्ने कानुनहरुमा पर्याप्त छलफलबिना नै आउने गर्छन्, जसकारण कानुनमा छिद्रता उत्पन्न हुने गर्छ । एउटा समितिले निर्माण गरेको कानुन सदनमा छलफल हुनु पर्छ । कुन समुदायलाई लक्षित गरेर कानुन बनाइन्छ, ती समुदायलाई कानुन निर्माण प्रक्रियामा सामेल गराइँदैन । यस्ता विषयहरुलाई मैले सदनमा पुगेपछि समाधान गर्ने प्रयत्न गर्ने छु । कानुनी छिद्रतामै टेकेर नीतिगत भ्रष्टाचार हुने गर्छ, यसको समाधान म सदनबाटै गर्नेछु ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  २१:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro