site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मधेस कृषि विश्वविद्यालय : प्राध्यापक र कक्षाकोठाको टुंगो छैन, चुनावको मुखैमा भर्ना आह्नान
Siddhartha BankSiddhartha Bank

जनकपुरधाम । मधेस प्रदेशको कृषि विश्वविद्यालयमा प्राध्यापकविना नै विद्यार्थी भर्ना गर्न थालिएको छ । राजविराजस्थित केअ माध्यामिक विद्यालय परिसमा सञ्चालन रहेको विश्वविद्यालयमा ०७८ मंसिर २१ मा उपकुलपति (भीसी)मा डा. वैद्यनाथ महतोलाई नियुक्त गरिएको छ । विश्वविद्यालयको गत वर्ष मंसिर २७ गते उद्घाटन गरिएको थियो ।

तर, अहिलेसम्म पठनपाठनका लागि प्राध्यापक नियुक्त गरिएको छैन । विश्वविद्यालयमा रेक्टर (शिक्षाध्यक्ष) को पद रिक्त छ । विश्वविद्यालयका लागि आवश्यक पर्ने कुनै कर्मचारी छैनन् । तर, विद्यार्थी भर्नाका लागि भने सूचना निकालिएको छ । सूचनमा कात्तिक २९ गतेदेखि मंसिर २८ गतेसम्म अनलाइन माध्यमबाट विद्यार्थी भर्ना लिइने उल्लेख छ । 

माघ पहिलो सातादेखि शैक्षिक सत्र सुरु गर्ने भनिएपनि चुनावको मुखमै विद्यार्थी भर्नाका लागि आह्वान गरेर मधेस सरकारले भ्रमपूर्ण प्रचारबाजी गर्न खोजेको आरोप लागेको छ । राजविराज नगरपालिका ५ बस्ने शोभित सिंहले विश्वविद्यालय स्थापना भएर अध्ययन अध्यापनको कामसमेत प्रारम्भ भइसकेको प्रचार गरी चुनावमा मतदाताहरूलाई प्रभावित पार्न खोजेको देखिएको बताए । 

Agni Group
NIC Asia

"विश्वविद्यालयको आन्तरिक संरचनासमेत तयार भइनसकेको अवस्थामा सोझै विद्यार्थी भर्ना गर्नु हास्यास्पद हो," उनले भने, "विश्वविद्यालयको सुरुवात नै विवादास्पद र हास्यास्पद भएकाले निरन्तर सञ्चालन प्रक्रिया जटिल हुन सक्छ ।"

विश्वविद्यालयको सबै गतिविधिहरू पारदर्शी हुनुपर्नेमा सबै गोप्य हुँदा उनले शंका व्यक्त गरे । 

Global Ime bank

निवर्तमान प्राध्यापक परमेश्वर कापडी प्राविधिक कक्षा सञ्चालन गर्न भौतिक पूर्वाधारलगायतका व्यवस्थापन हुनु आवश्यक रहेको बताउँछन् । तर, विश्वविद्यालयका लागि कुनै जनशक्ति छैन । 

"विद्यालयको कक्षा कोठामा विश्वविद्यालयले सञ्चालन गर्ने कक्षा सम्भव छैन," उनले भने, "विद्यार्थी भर्ना भन्दा कक्षा कोठा, प्राध्यापक, प्रशासनिक र लेखा कर्मचारीहरूको व्यवस्थापन आवश्यक छ ।"

आवश्यक तयारी पूरा नगरी विद्यार्थी भर्नाको विज्ञापन गर्न नहुने उनले बताए ।

राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका प्राध्यापक डा. सुरेन्द्र लाभले मुल नियमभित्र रहेर नियमावली बनाउन विश्वविद्यालयको प्राज्ञिक सभाले निर्णय गर्नुपर्ने बताए ।

"विश्वविद्यालयले सञ्चालन गर्ने संकायका लागि पनि प्राज्ञिक सभाले निर्णय गर्नुपर्छ," उनले भने, "हचुवाको भरमा सोझै विद्यार्थीको नामांकनका लागि आवेदन आह्वान गर्नु शिक्षामा खेलबाँड हो । मधेस कृषि विश्वविद्यालय स्थापना भए पनि त्यसको कार्यकारी सदस्यहरूको नियुक्ति भएको छैन ।"

प्राज्ञिक सभा गठन नभएसम्म विश्वविद्यालयको गतिविधि नै अगाडि बढन नसक्ने उनको भनाइ छ । प्रदेश सरकारले गठन गरेको विश्वविद्यालयको कुलपति मुख्यमन्त्री रहने व्यवस्था ऐनमा छ । शिक्षण संस्थाको मापदण्ड र रित नपुर्‍याएर दिने डिग्रीले विद्यार्थीको भविष्य अन्धकार हुन सक्ने उनको चिन्ता छ ।

मधेस सरकारले मधेस कृषि विश्वविद्यालय राजविराजमा र मधेस विश्वविद्यालय वीरगञ्जमा खडा गरेको छ । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा स्थापना गरेको छ । तर, तीनै विश्वविद्यालयको भविष्य अनिश्चित बनेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu