site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वतन्त्र उमेदवारको पक्षधर कार्यकर्तालाई कांग्रेस कैलालीले सोध्यो स्पष्टीकरण 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

धनगढी । नेपाली कांग्रेसले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा स्वतन्त्र उमेदवार पुष्करनाथ ओझाको पक्षमा लागेको भन्दै पार्टीका नेता कार्यकर्तालाई स्पष्टीकरण सोधेको छ । पार्टीका आधिकारिक उमेदवार डिल्लिराज पन्तका विरुद्धमा मत मागेको भन्दै पूर्वजिल्ला सचिव पूर्णबहादुर कुँवरसहितका नेतालाई २४ घण्टे स्पष्टीकरण सोधिएको कांग्रेसले जनाएको छ ।

उनीहरूले उल्टै कारबाही पत्र सामाजिक सञ्जालमा पोष्ट गर्दै अहिले म स्वतन्त्र उमेदवारको प्रचारप्रसारमा व्यस्त रहेकाले निर्वाचन पछि जवाफ दिने भन्दै प्रतिकृया दिएका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेपाली कांग्रेस कैलालीका प्रचारप्रसार विभाग प्रमुख तपेन्द्र भुसालले पूर्वसचिव कुँवर, महाधिवेशन प्रतिनिधि गौरी लामा र भीमबहादुर शाहलगायतका नेताहरुसँग स्पष्टीकरण मागिएको जानकारी दिए ।

उनका अनुसार पूर्वमहासमिति सदस्य आन्नदराज जोशी, छत्रराज जोशी र बब्लु चौधरी, क्षेत्रिय प्रतिनिधि दीर्घराज भट्ट र राजकुमार सिँहलगायत नेतालाई स्पष्टीकरण सोधिएको छ । भुसालका अनुसार वडा कमिटिदेखि नगर, क्षेत्र र जिल्लास्तरसम्मका दर्जनौँ नेता, कार्यकर्तालाई पार्टीका आधिकारिक उमेदवारविरुद्ध लागेको पाइएपछि स्पष्टीकरण मागिएको छ । उनीहरूलाई पार्टीका उमेदवारविरुद्ध लागेकाले अनुशासनको कारबाही किन नगर्ने ? भनेर प्रश्न गरेको छ । धनगढी उपमहानगरपालिका–१३ मा मात्र १४ जना स्थानीय नेतालाई स्पष्टीकरण सोधिएको छ ।

Royal Enfield Island Ad

कतिपय नेतालाई शनिबार र केहीलाई आइतबार स्पष्टीकरण सोधिएको कांग्रेसले जनाएको छ । कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका अधिकांश नेता, कार्यकर्ता पार्टीबाट निष्काशनमा परेका र अहिले प्रतिनिधिसभामा स्वतन्त्र उमेदवारी दिएका पुष्करनाथ ओझाको पक्षमा खुलेरै लागेका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  ०९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro