site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले ८० भन्दा बढी सिट जितेर आगामी सरकारकाे नेतृत्व गर्छ : प्रवक्ता महत
Siddhartha BankSiddhartha Bank

धनगढी । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले चुनावमा ८० भन्दा बढी सिट जितेर त्यसपछि बन्ने सरकारकाे नेतृत्व गर्ने दाबी गरेका छन् ।  

प्रेस युनियन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले आगामी सरकारकाे नेतृत्व पनि कांग्रेसकै हुने दाबी गरे । "गठबन्धनको ठूलो दल भएका कारण कांग्रेसले प्रधानमन्त्रीको दाबी गर्नु स्वभाविक रहन्छ," उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्रीको लागि गठबन्धनका दलहरूबीच खासै छलफल नभएको बताउँदै महतले अहिले गठबन्धनको ध्यान सिट धेरै जित्नेमा रहेको स्पष्ट पारे । सबैभन्दा पहिला संसदमा बहुमत ल्याउने गरी गठबन्धन चुनावमा होमिएको उनले बताए । एउटै दलले बहुमत ल्याउन कठिन रहेको विश्लेषण गरेका महतले कांग्रेसले ८० भन्दा बढी सिट जित्नेमा दाबी गरे । उनले गठबन्धनले बहुमत ल्याउने बताए ।

आगामी सरकारको नेतृत्व पनि कांग्रेसकै हुने भएकोले कांग्रेस नेतृत्वले जनपक्षीय कार्य अघि सारेको उनले बताए । प्रवक्ता डा. महतले अबको सरकारले ६५ वर्षमा बृद्धभत्ता वितरण गर्ने बताएका छन् । कांग्रेसकै नेतृत्वमा  ६८ वर्षमा बृद्धभत्ता दिन सुरु गरेको बताउँदै अब बन्ने कांग्रेसको सरकारले ६५ वर्षमै बृद्धभत्ता वितरण गर्ने बताए ।
   

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय