site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रभु बैंक र होटेल हिमालयबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूलाई ललितपुरको कुपन्डोलमा रहेको होटेल हिमालयसँग विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ । एक समारोहबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रवीन्द्र ढकाल र बजार व्यवस्थापक सविन राणाका साथै होटेल हिमालयको तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकले हस्ताक्षर गरेका हुन् ।  

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटेलमा उपलब्ध सम्पूर्ण सेवा सुविधामा छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

Dabur Nepal
NIC Asia

आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरी चारतारे हिमालय होटेल विगत ३७ वर्षदेखि ग्राहकहरूको सेवामा समर्पित छ । यस होटेलमा सउना, स्टिम, स्वीमिङ पुल, फिट्नेस सेन्टर लगायतको सुविधा छ । ग्राहकको सेवाका लागि होटेल परिसरमा दुईवटा रेष्टुरेन्ट छन् । 

हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०७ शाखा कार्यालय, २८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro