site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
व्याजदर बढेको विरोधमा पूर्वका उद्योगीले बैंकिङ कारोबार नगर्ने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विराटनगर । व्याजदरवृद्धिको विरोधमा पूर्वका उद्योगीले बैंकिङ कारोबार नगर्ने घोषणा गरेका छन् । देशभरका व्यवसायीहरू व्याजदर बढेपछि विरोधमा उत्रिरहेका बेला पूर्वका उद्योगीले भने बैंकिङ कारोबार नै नगर्ने घोषणा गरेका हुन् । 

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को आयोजनामा उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एसोसिएट सदस्यहरूको भएको अन्तरक्रिया कार्यक्रमबाट भएको निर्णयबमोजिन विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ ले आज जारी गरेको विज्ञप्ति अनुसार कात्तिक २२ गते मंगलबार बिहान ११ बजे आफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालय तथा जिल्ला वा नगरस्थित बैंक तथा वित्तीय संस्थाहरूमा ज्ञापन पत्र दिने कार्यक्रम तय गरिएको छ । 

यसैगरी २३ गते बुधबारका दिन बैंकसँग कुनैपनि कारोबार नगर्ने तथा दुई घण्टा प्ले कार्डसहित मौन जुलुस गर्ने, कात्तिक २५ गते बिहान शुक्रबार १० बजे नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को सचिवालयमा भेला भई प्रदेश नं. १ का माननीय मुख्यमन्त्री एवं नेपाल राष्ट्र बैंकमा प्ले कार्डसहित धर्ना दिने तथा ज्ञापन पत्र दिने कार्यक्रम छ । 

Royal Enfield Island Ad

कात्तिक २८ गते सोमबार नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीतिविरुद्ध नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय कार्यालयमा दबाब दिन भेला हुने र जिल्ला नगर उद्योग वाणिज्य संघ तथा वस्तुगत संघका अध्यक्षलगायत सम्पूर्णकार्यसमितिका पदाधिकारी एंव  सदस्य भेला हुने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  २०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro