site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
यूएई र विश्वकप क्रिकेट लिग–२ का लागि प्रभाकरले थाले प्रशिक्षण (तस्बिरहरू)

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)सँगको आसन्न एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले अनौपचारिक रूपमा अभ्यास सुरु गरेको छ । 

तीन खेलको शृंखला र त्यसपछि आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले सोमबारदेखि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएर अनौपचारिक तयारी सुरु गरेको नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बाह्रखरीलाई बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यूएईसँगको शृंखलाका लागि प्रशिक्षक प्रभाकरले केही खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउनु भएको छ । र, अबको एक–दुई दिनमै टिमको घोषणा हुनेछ । यो तयारी यूएईसँगको शृंखलाका लागि मात्र नभई नामिबियामा हुने लिग–२ अन्तर्गतको शृंखलाका लागि पनि हो,’ कार्यवाहक सचिव मल्लले भने ।

बन्द प्रशिक्षण सुरु भएसँगै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा केही असर पर्ने देखिएको छ ।

नेपालले कात्तिक २८, ३० र मंसिर २ गते कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईविरुद्ध एकदिवसीय शृंखला खेल्ने तालिका छ । शृंखलापछि नेपाली टिमले लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाका लागि नामिबिया भ्रमण गर्ने तालिका छ । शृंखलामा नेपाल र घरेलु टिम नामिबियासँगै स्कटल्यान्डको सहभागिता रहनेछ ।

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी 

CAN (2)1667543441.JPG

CAN (3)1667543439.JPGCAN (4)1667543438.JPGCAN (5)1667543439.JPGCAN (6)1667543437.JPGCAN (7)1667543436.JPGCAN (8)1667543436.JPGCAN (9)1667543575.JPGCAN (10)1667543574.JPGCAN (11)1667543574.JPGCAN (12)1667543573.JPGCAN (13) (1)1667543571.JPGCAN (14)1667543570.JPGCAN (16)1667543570.JPG

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १२:२०
प्रतिक्रिया दिनुहोस्