site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
‘एक पालिका, एक उद्योग ग्राम’ बनाउँछौँ, निर्वाचन प्रणाली सुधार्छौँ
SkywellSkywell

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले निर्वाचन प्रणालीमा सुधार गर्ने प्रतिबद्धता जनाएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो, भड्किलो र जटिलसमेत रहेको ठहर पनि गरेको छ । 

यो निर्वाचनमा पार्टी र उमेदवारले कम खर्चिलो प्रचार अभियान सञ्चालन गर्ने समेत घोषणापत्रमा उल्लेख छ । 

KFC Island Ad
NIC Asia

“अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो, भड्किलो र जटिलसमेत छ । हामी यस निर्वाचन प्रणलीमा सुधार गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ,” घोषणापत्रमा भनिएको छ, “यसैपटक पनि हाम्रो पार्टीले कमभन्दा कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्नेछ । र, हाम्रा उमेदवारहरूले पनि कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्ने छन् ।”

त्यस्तै ‘एक पालिका, एक उद्योग ग्राम’को व्यवस्था गरिने पनि प्रतिबद्धतापत्रमा उल्लेख छ । 

“आत्मनिर्भरताको प्रयोग हाम्रो देशमा तत्काल उत्पादन बढाएर आयात रोक्न सकिने वस्तु कृषि उत्पादनपछि स्थानीय साधन–स्रोत प्रयोग गरेर सञ्चालन गरिने घरेलु, ग्रामीण, साना तथा मझौला उद्योगहरू नै हुन्,” घोषणापत्रमा भनिएको छ, “‘एक पालिका, एक उद्योग ग्राम’को व्यवस्था गरी स्थानीय सम्भाव्यताका आधारमा घरेलु, ग्रामीण, साना तथा मझौला उद्योगहरूको स्थापना गरी सञ्चालन गर्नका लागि स्थानीय उद्यमीहरूलाई प्रोत्साहित गरिने छ । र, सम्पूर्ण नेपाली जनतालाई स्वदेशमै उत्पादित वस्तुहरूको प्रयोग गर्न प्रोत्साहित गरिने छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro