site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनमतका मधेस प्रदेश सांसदले एक दिनको तलब भत्ता बाढीपहिरो पीडितलाई दिने

राजविराज (सप्तरी) । मधेस प्रदेशसभामा रहेका जनमत पार्टीका सांसदहरूले बाढीपहिरोबाट प्रभावितलाई एक दिनको तलब भत्ता बराबरको रकम दिने भएका छन् ।

जनमत पार्टीका तर्फबाट मधेस प्रदेशसभाका सदस्यहरूले राज्यबाट पाउने एक दिनको तलब भत्ता बापतको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको जनमत पार्टी मधेस प्रदेशका संसदीय दलका नेता महेशप्रसाद यादवले जानकारी दिए ।

Argakhachi Cement Island Ad

उनले भने, “केही दिन अगाडि देशको विभिन्न भागमा बाढीपहिरोबाट भएका धनजनको क्षतिलाई मध्यनजर गरी पार्टीका प्रदेश सांसदहरुले एक दिनको तलब भत्ता पीडितलाई दिने निर्णय गरेका हौँ ।”

संसदीय दलका नेता यादवले संघ सरकारले पूर्वतयारी नगरेकाले अधिकांश ठाउँमा बाढीपहिरोबाट मानिसले ज्यान गुमाउनुपरेको आरोप लगाए ।

बाढीपहिरोजस्ता विपद्‌बाट पीडामा परेका परिवारलाई थोरै भए पनि सहयोग पुगोस् भनी आफूहरूले एक दिनको तलब भत्ता बरारबरको रकम सहयोग गर्ने निर्णय गरेको उनको भनाइ छ । रासस

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  २२:४५
प्रतिक्रिया दिनुहोस्