काठमाडौं । फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई निस्क्रिय बनाइएको छ । फेसबुक सञ्चालक कम्पनी मेटाले निस्क्रिय बनाएको बताइएको छ ।
पछिल्लो समय यो ग्रुप निकै चर्चामा रहेको थियो । चुनावको समयमा ‘कम्युनिटी गाइडलाइन्स भायोलेन्स’ गरेको आरोपमा निस्क्रिय बनाइएको हुन सक्ने बताइएको छ ।
फेसबुक पेजमा दिइएको जानकारीअनुसार किन निस्क्रिय बनाइएको हो भन्ने बारेमा केही जानकारी गराइएको छैन ।
“डिसेबल गरेको भए पनि कुन पोस्ट वा कमेन्टले हो भनेर देखाउनुपर्नेमा त्यसमा कुनै त्यस्तो पोष्ट छैन पनि भनिएको छ । २०२० मा कारबाहीमा परेपछि हामीले यसपटक त्यस्ता विषयमा निकै निगरानी गरिराखेका थियौं र ग्रुप डिसेबल हुने कुनै पनि त्यस्ता पोस्टहरु ग्रुपमा छैनन्,” पेजमा लेखिएको छ, “पटक पटक फेसबुकले एआई द्वारा कारबाहीमा पर्नु र गरिएको रिभ्यु रिक्वेस्ट फेसबुकबाट बेवास्ता गरिनु निकै दुखद् कुरा हो । अहिलेलाई हामीले रिभ्यु रिक्वेष्ट गरेका छौँ । आशा छ हाम्रो ग्रुप छिट्टै फिर्ता हुनेछ ।”