site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसको घोषणापत्र बलियो चेत भएको यथार्थपरक : डा.स्वर्णिम वाग्ले
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. स्वर्णिम वाग्लेले पार्टीको घोषणापत्र यथार्थपरक रहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित निर्वाचन घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले वास्तविकताप्रति बलियो चेत भएको संकल्पपत्र आएको बताए । 

नेता वाग्लेले दिगो विकासका लक्ष्यसँगको तादात्म्यता मिल्ने गरेर संकल्प पत्रमा विकासका लक्ष्यहरु  राखिएको बताए । उनले युवा बेरोजगारीको नैराश्यता चिर्नका लागि आर्थिक वृद्धिका नयाँ स्रोतहरुको विषयलाई प्राथमिकता दिएको पनि बताए । नेता वाग्लेले घोषाणापत्रमा डिजिटलाइजेसन, स्वदेशी उत्पादन, नीतिगत सुधारका विषय र वार्षिक करिब अढाइ लाख नयाँ रोजगारी सिर्जना गर्नसक्ने विश्वसनियताका आधारहरू समावेश गरेको उल्लेख गरे । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेता वाग्लेले पार्टीको घोषणापत्रमा तात्कालीक आर्थिक एजेण्डाका रुपमा ५ वटा विषय समावेश गरेको बताए । जसमा आायत, वाह्य असन्तुलनको विषय, कर्जा र तरलता, मुद्रास्फितिको विषयहरु रहेका छन् । मुद्रास्फितिको विषय आगामी सरकार बनेको ६ महिना भित्रमा समाधान हुने डा. वाग्लेको दाबी छ । 

नेता वाग्लेले सार्वजनिक आय र खर्च, औद्योगिक पूर्वाधार र नेपाली उत्पादन प्रवद्र्धन र युवाका लागि डिजिटलाइजेसनको विषय तत्काल आर्थिक एजेण्डाका रुपमा पार्टीको घोषणापत्रमा उल्लेख गरिएको जानकारी दिए । उनले वृद्धभत्ता ६८ बाट घटाउँदै ६५ पुर्याउने र कोखदेखि शोकसम्मको अवधारणालाई अझ गतिशील बनाउने कुरा घोषणापत्रमा रहेको बताए । 

Royal Enfield Island Ad

सार्वजनिक गरिएको घोषणापत्रमा तीन वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा दिने लगायतका विषय समावेश गरिएको छ । पाँच वर्षभित्र सबै नेपालीको स्वास्थ्य बीमा गरिने, स्वास्थ्य बीमा गरेका ६५ वर्षमाथिका लागि निःशुल्क स्वास्थ्य सेवा दिइने, उपचार गर्नका लागि कसैले घर खेत बेच्नुपर्ने अवस्थाको अन्त्य गर्ने, बाल मृत्युदरलाई २० प्रतिशतमा झार्ने उल्लेख गरिएको छ । यस्तै ३० देखि ३५ वटा ऐन संशोधन वा खारेज गरेर रोजगार सिर्जनाको वातावरण निर्माण गर्ने, वार्षिक २ लाख ५० हजार रोजगारी सिर्जना गर्ने, इन्धन प्रतिस्थापन गर्न विद्युतीय उर्जालाई जोड दिने, शैक्षिक क्षेत्रका ८० प्रतिशत क्षेत्रमा इन्टरनेट पुर्याउने योजना छन् । प्रतिदिन सय डलर एक पर्यटकले खर्च गर्ने, १५ दिन नेपालमा बस्ने गरी वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको र त्यसका लागि विमानस्थलदेखि पर्यटकीय क्षेत्रका पूर्वाधार विकास गर्ने कांग्रेसको घोषणापत्रमा समावेश छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९  १४:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro