site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दयाहाङले फर्काए स्टारडम ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । अभिनेता दयाहाङ राई अभिनीत तीनवटा चलचित्र करिब लगातार रिलिज भए । ‘कबड्डी–४’बाट सुरु भएको दयाहाङका चलचित्र रिलिज हुनेक्रम तत्काललाई ‘के घर के डेरा’मा आएर सकिएको छ । ‘कबड्डी–४’ पछि दयाहाङका ‘दुई नम्बरी’ र त्यसपछि ‘के घर के डेरा’ रिलिज भए । 

यी तीनवटै चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई छन् । तीनवटै चलचित्रले राम्रो समीक्षा पाएनन् । तर, बक्सअफिसमा भने यी चलचित्रले राम्रो कमाइ गरेको वितरक तथा निर्माण पक्षले दाबी गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

लगातार दयाहाङ अभिनीत चलचित्र तीनवटा बक्सअफिसमा ‘हिट’ भए । त्यसो भए दयाहाङले आफ्नो स्टारडम फर्काए ? स्टारडमले सामान्यतः दुई दिन हलमा दर्शक तान्ने हो । त्यसपछि कन्टेन्टले दर्शक होल्ड गर्न सक्नुपर्छ भन्ने मान्यता छ । यी तीन चलचित्रमध्ये ‘कबड्डी–४’ले सुरुकै दिनदेखि हाउसफुल व्यापार गरेको थियो । 
त्यसयताका दुई चलचित्रले उच्च शो पाए पनि इनिसियल अकुपेन्सी उत्साहजनक थिएन । यद्यपि, वर्ड अफ माउथका कारण यी दुई चलचित्रले बक्सअफिस कलेक्सन सन्तोषजनक नै गरेका छन् । 

तर, ‘दुई नम्बरी’ र ‘के घर के डेरा’ले कलेक्सन रिपोर्ट सार्वजनिक गरेका छैनन् । ‘के घर मे डेरा’ अहिले पनि राम्रै शो सहित प्रदर्शनरत छ । 

Global Ime bank

‘दुई नम्बरी’को निर्माण पक्षले सिनेमा रिलिजको केही दिनपछि नै चलचित्रले लगानी सुरक्षित गरिसकेको भन्दै प्राविधिकलाई बोनस दिने घोषणा गरेको थियो । 

यी चलचित्रको सोलो क्रेडिट दयाहाङलाई जान्छ ? यी तीनवटै चलचित्रमा दयाहाङ सोलो स्टार भने होइनन् । ‘कबड्डी–४’मा दयाहाङसँगै सौगात मल्ल छन् । ‘दुई नम्बरी’मा पनि दयाहाङको जोडी सौगात नै छन् । ‘के घर के डेरा’मा पनि दयाहाङ एक्लो स्टार होइनन् । विपीन कार्की पनि समानान्तर भूमिकामा छन् । त्यसैले यी चलचित्रको बक्सअफिस रिपोर्टमा दयाहाङ स्टारडमको योगदान नै छैन भन्न त सकिँदैन तर यसलाई नकार्न पनि सकिँदैन । यसर्थ पनि कि सौगात र विपीन पनि अहिलेका डिमान्डेड अभिनेता हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  १०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement